आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दुबइबाट एक युवती सहित चार नेपालीको उद्दार

  • प्रकाशित मिति : मङ्लबार, पुस २६, २०७३



  • काठमाडौँ । रोजगारीका लागि दुवई पुगेर अपलत्र परेका चार नेपालीलाई उद्दार गरेर काठमाडौं फर्काइएको छ ।

    यसरी उद्दार गरेर काठमाडौं ल्याइएकाहरुमा नवलपरासी स्थायी घर भएकी मालती ठकुरी, महोत्तरीका बिरेन्द्र सहनी, रविन्द्र सहनी र धमानीकुमार सहनी रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

    नवलपरासीको कावासोती नगरपालिका–४ घर भएकी २० बर्षिया मालती ठकुरीलाई नवलपरासि देउराली–२ घर भएकी प्रेम कुमारी मल्लले आर्थिक प्रलोभन देखाएर दुवई पठाएकी थिइन् ।

    दुवईमा बिरामी भएका कारण नेपाल फर्कन खोज्दा मालतीलाई उल्टो ओमान लैजान लागेपछी अनिशा शाहीको उजुरीका आधारमा उनको उद्दार गरिएको प्रहरीले जनाएको छ ।

    त्यस्तै महोत्तरी सांढा–९ का तिन जना सहनीलाई पाँच तारे होटलमा काम लाईदिन्छु भन्दै दुवई पठाएपनी समयमा तलव नदिएको, संझौता अनुसारको काम नदिएको र १४ घण्टा सम्म काममा लगाएको तथा ज्यानको सुरक्षामा समेत खतरा बढेको उजुरी परेपछी महाशाखाको पहलमा उद्दार गरिएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij