प्रकाशित मिति : शुक्रबार, पुस २९, २०७३
काठमाडौं । संविधान संसोधानलगायत प्रमुख चार एजेन्डामा आन्दोलनरत मधेसी मोर्चा र सत्तापक्षबीच आज (शुक्रबार) निर्णायक वार्ता हुने खबर आजको अन्नपूर्ण पोष्टमा छ ।
मोर्चाको बुधबारको बैठकले प्रधानमन्त्रीसँग स्थानिय निर्वाचन, संविधान संशोधनको परिमार्जन, संशोधन प्रस्ताव अनुमकोदनका लागि आवश्यक दुईतिहाई पुर्याउन सरकारको गृहकार्य र सीमांकन आयोग गठनबारे छलफल हुने जानकारी स्रोतले दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले गत साता मोर्चाले दिएको प्रतिवेदन बुझ्दै उपरोक्त एजेन्डामा तत्कालै निर्णयमा पुग्ने जानकारी दिएपनि एक साता पुग्दासम्म कुनै कुरा अघि नबढाएपछि मोर्चाको बुधबार बसेको बैठकले निर्णायक वार्ताको लागि प्रधानमन्त्रीसँग समय मागेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij