आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

६०० वर्ष पुरानो बुद्धको मूर्ति तालमा भेटियो

  • प्रकाशित मिति : मङ्लबार, माघ ४, २०७३



  • काठमाडौं । भगवान गौतमबुद्धको ६०० वर्षभन्दा पुरानो मूर्ति चीनको चियाङसी प्रान्तस्थित एउटा तालमा फेलापरेको छ ।

    करिब १२ फिट अग्लो बुद्धको मूर्ति जलविद्युत आयोजनाको प्रवेशद्वार मर्मत गर्नेक्रममा फेलापरेको चिनियाँ समाचार एजेन्सीले ‘सिन्ह्वा’ले जनाएको छ ।

    मर्मतका लागि पानी सुकाउँदा पहाडमा खोपेर बनाइएको अवस्थामा मूर्ति फेलापरेको जनाइएको छ ।

    स्थानीय वासिन्दाले मूर्ति देखेपछि चिनियाँ पुरातत्वविद्हरुले अनुसन्धान गर्दा तालभित्र मन्दिर नै भेटिएको र त्यसभित्र मूर्ति फेलापरेको पनि जनाइएको छ ।

    मन्दिर र बुद्धको मूर्ति मिङ वंशी राज्यकाल बनाइएको वा युआन वंशको बेलाको हुनसक्ने अनुमान गरिएको छ ।

    पुरातत्वविद्हरुले सो स्थान ध्वस्त भएको ऐतिहासिक स्याओसी सहर हुनसक्ने भन्दै थप अनुसन्धान सुरु गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij