प्रकाशित मिति : बुधबार, माघ ५, २०७३
न्युयोर्क । अमेरिकी राष्ट्रपति २० जनवरी देखि पदमुक्त हुँदैछन् । यसअघि नै उनले ह्वाइटहाउसबाट आफ्नो सामान सार्न शुरु गरेका छन् ।
बासिङटन डिसीको कालोरामा रहेको उनको नयाँ घरमा सामानहरु सारिरहेको गाडी देखिएको थियो ।
कान्छी छोरी साशाको हाइस्कूल नसकेसम्म ओबामा र उनको परिवार त्यहीँ ८२ सय स्केवर फिट आकार भएको घरमा बस्नेछन् ।
यस्तो छ नयाँ घर
– आबामाले यो घर जोय लकहार्टसँग लिजमा लिएका हुन् । जोय पूर्व राष्ट्रपति बिल क्लिन्टनको प्रेस सेक्रेटरी रहिसकेका छन् ।
– सन् १९२८ मा बनेको यो घरको मूल्य ५० करोड रहेको बताइएको छ । यसमा ९ वटा बेडरुम, ८ वटा बाथरुम र गार्डन रहेका छन् ।

– घरमा मार्बल फ्लोरिङ, पेन्ट्री, काठको फ्लोरिङ भएको डाइनिङ रुम वाइनबार र ओबामाका लागि अफिस पनि रहेको छ ।
– घरमा व्यवायामका लागि कोठासहित दुई वटा पार्किङ स्पेस पनि रहेको छ ।
– यो घरको सबैभन्दा विशेष कुरा भनेको यसको स्थान । यो डिसीबाट केही मिनेटको दुरीमा रहेको छ ।
– ट्रम्पले सपथ लिने बित्तिकै ओबामा तरुन्त आफ्नो घरका लागि निक्लने छन् । यद्यपि, उनलाई सेक्रेट सर्विसबाट सुरक्षा दिइनेछ ।
– ह्वाइट हाउस छाडे पछि पत्नी र परिवारको साथ पहिलो छुट्टी मनाउन क्यालिफोर्नियाको पास स्प्रिङमा जाने उनले यसअघि बताएका थिए ।
किन यो ठाउँलाई राजे
ओबामाले आफ्नो छोरी साशाको कारणले डिसीमा नै बस्ने निर्णय गरेका हुन् ।
साशा अझै हाइस्कूलमा अध्ययन गरिरहेकी छिन् । उनी सिडवेल फ्रेनडस स्कूलकी विद्यार्थी हुन् । ओबामा आफ्नो छोरीको पढाई बिगार्न चाहन्नन् ।
उनी बिना कुनै रुकावट आफ्नो छोरीले दुई वर्षको पढाई सकोस् भन्ने चाहन्छन् ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij