प्रकाशित मिति : शनिबार, माघ ८, २०७३
अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा डोनाल्ड जोन ट्रम्पले सपथ ग्रहण लिएका छन् । अमेरिकी कंग्रेस भवन क्यापिटोल हिलको पश्चिम क्षेत्रको अगाडिको भागमा आयोजित एक भव्य समारोहकाबीच ७० वर्षीय ट्रम्पलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टस जुनियरले पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।
दाहिने हात उठाएर, बायाँ हात बाईबालमा राख्दै सपथ लिने परम्परा अनुरुप ट्रम्पले श्रीमती तथा नयाँ प्रथम अमेरिकी महिला मेलानिया ट्रम्पको हातमा रहेको बाईबलमा हात राख्दै सपथ लिएका थिए । स्थापनादेखि नै अमेरिका धर्म निरपेक्ष मुलुक भए पनि बाईबल छोएर सपथ लिने परम्परालाई अमेरिकी राजनीतिमा धर्मको बलियो प्रभावको रुपमा वश्लिेषण गरिन्छ ।
गतवर्षको निर्वाचनमा अप्रत्यासित जित हासिल गरेका ट्रम्पले सपथ अघि राष्ट्रपतिहरुको चर्चको रुपमा परिचित सेन्ट जोन्स चर्चमा पुगेर प्रार्थना गरेका थिए । निवर्तमान राष्ट्रपति ओबामासँगै गाडीमा सवार हुँदै उनी ह्वाइट हाउसबाट सपथ ग्रहण स्थलमा पुगेका थिए ।

उनीसँगै उपराष्ट्रपति माइक पेन्सले पनि सपथ लिएका छन् । ट्रम्पभन्दा अघि उनलाई सर्वाेच्च अदालतका न्यायाधीशले सपथ खुवाएका थिए ।
आफ्नो बोलि र व्यवहारको कारण उमेदवारी दिंदैदेखि निकै चर्चामा रहेका डोनाल्ड जोन ट्रम्पले अब विधिवत रुपमा विश्व शक्ति अमेरिकाको नेतृत्व सम्हाल्ने छन् । सपथ ग्रहण गरेसँगै उनले आफ्नो पहिलो भाषणमा उनले आफ्नो जित सबै जनताको जित भएको बताएका थिए । उनले आफ्नो चुनावी अभियानका घोषणाहरुलाई पहिलो भाषणमा पनि दोहोर्याएका थिए ।
सपथ लिएसँगै ह्वाइट हाउस आएर उनले कुनै औपचारिक निर्णय गर्नेछन् । उनले बाराक ओबामा प्रशासनले जारी गरेको कार्यकारी आदेश खारेज गर्न सक्ने आंकलन अन्तर्राष्ट्रिय संचार माध्यमहरुले गरिरहेका छन् ।
उनले नेपाली समय अनुसार राती १० बजेर १५ मिनेट जाँदा (डिसी समय ११ :३० बिहान) सपथ लिएका हुन् । ७१ वर्षीय ट्रम्प रोनाल्ड रेगनभन्दा पनि पाका अमेरिकी राष्ट्रपति हुन् । हलिउड अभिनेता रेगन सन् १९८१ मा ७० वर्षको हुँदा राष्ट्रपति भएका थिए ।

ट्रम्प गैर राजनीतिक ब्यक्ति हुन । उनी रिअल स्टेट व्यवसायबाट सिधै राष्ट्रपति हुन रिपब्लिकनका अन्य प्रतिस्पर्धीलाई पछि पार्दै रिपब्लिनबाट चुनिए र डेमोक्रयाटिकका हिलारी क्लिनटनसँगै प्रतिस्पर्धा गरेका थिए । हिलारीले ट्रम्पलेभन्दा करिव २९ लाख पपुलर मत ल्याएको भए पनि ट्रमले इलेक्टोरल कलेजमा उनलाई पछि पारेर राष्ट्रपति चुनिएका हुन् ।
उनको उदयले विश्व नै आश्चर्यमा परेको थियो । तर, अमेरिकामा कैयन मानिसहरु भने सन १९३० पछि अमेरिकामा उद्योगहरु संचालनमा आए । तर, पछि नेफ्टा (नर्थ अमेरिकन फ्रि ट्रेड एरिया) नीतिले सबै उद्योगहरु मेक्सिकोमा सरे पछि अमेरिकनहरु बेरोजगार बनेका थिए । बेरोजगार बढेर गएको थियो । यस्ता विषयले निकै धेरै समस्याहरु आइरहेको थियो ।
ओबामाले बिल क्लिनटनको नीतिलाई अघि बढाए भने हिलारीले पनि ओबामाकै नीतिलाई अघि बढाउन सक्ने भन्दै इलेक्टोरल कलेज मत ट्रम्पलाई ओइरिएको हो । प्रतिनिधि सभा र सिनेट दुवैमा कन्जरभेटिभको बाहुल्य रहेको छ । यसले गर्दा पनि ट्रम्पलाई आफ्नो नीति लाद्न सहज हुने देखिन्छ ।
यसरी आएका ट्रम्पले सपथ लिए लगत्तै ह्वाइटहाउसमा पुगेर कुनै न कुनै निर्णय लिनेछन् । उनी लगायत सबैले ब्लेयर हाउसमा १२ बजे पछि (त्यहाँको १: २५ दिउँसो) लन्च गर्नेछन् । त्यो सकेपछि साँझ ब्लेयर हाउस अघि उद्घाटन परेड हुनेछ । अमेरिकी पैरवीको रुपमा हेको उक्त परेड निकै महत्व रहनेछ । त्यससाँझ नै उनले रात्री भोज दिनेछन् । यसलाई इनागुलर बल भनिन्छ । त्यो वाल्टर ई वासिंटन कन्भेन्सन सेन्टरमा हुनेछ ।
अमेरिकी निर्णयले विश्वलाई नै असर गर्ने हुनाले उनले कस्तो निर्णय लिन्छन् भन्नेमा सबैको कान ठाडो भएको छ ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij