शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

यस्ता छन् फेसबुकका १० रोचक तथ्य

  • प्रकाशित मिति : शनिबार, माघ ८, २०७३



  • नेपालमा सोशल नेटवर्किङ साइट फेसबुक प्रयोग नगर्ने सायदै कोही युवा पुस्ता होला? फेसबुकको माध्यमले विदेशमा रहेका आफन्तसँग भेटघाट गर्ने मात्र होइन, छुट्टिएका साथीभाइसँग पनि पुनर्मिलन हुन सक्ने भएकाले यो साइट नेपालीमाझ लोकप्रिय छ।

    धेरै नेपालीहरूले दिनहुँ फेसबुक अपडेट गरेपनि धेरैलाई यससम्बन्धी कुरा थाहा नहुन सक्छ। फेसबुकसँग जोडिएका १२ रोचक तथ्यलाई हामीले यहाँ पस्किएका छौ। ती हुन्–

    १.फेसबुकको पछिल्लो त्रैमासिक फाइदा मात्र ५ अर्ब ८४ करोड अमेरिक डलर हो, जसको नेपालीमा करिब ६ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ हुन आउँछ।

    २. फेसबुक मार्क जुगरबर्गको पहिलो साइट होइन्। उनले २००३ मा फेसमासको सुरुवात गरेका थिए, जुन चलेन।

    ३.फेसबुकको लोगो ब्लु यसकारण रहेको हो, जुगरबर्ग ‘कलर ब्लान्ड’ छन्। उनी यो कलर राम्रोसँग देख्ने भएका कारण यसको रंग ब्लु राखिएको हो।

    ४. फेसबुक लञ्च गरेको ४ दिनमै ६ सय ५० युजर्स जोडिएका थिए। यसको ९ महिनापछि १० लाख मानिस जोडिए। पहिले यसको नाम दि फेसबुक डट कम थियो। पछि फेसबुक मात्र गरिएको हो।

    ५. टेक कम्पनी हयाकर्सलाई मनपराउँदैनन्। तर, फेसबुक हयाकर्सलाई स्वागत गर्छ। फेसबुक कम्पनी हयाकर्सलाई साइटमा बग निकाल्नेलाई पुरस्कृत गर्छ।

    ६. फेसबुकमा जसलाई पनि ब्लक गर्न सकिन्छ। तर, जुकरबर्गलाई चाहेर पनि कसैले ब्लक गर्न सक्दैन।

    ७. फेसबुकमा हरेक दिन गरिने लाइकको संख्या ४ अर्ब ५० लाख हो।

    ८. ब्लुमबर्गका अनुसार मार्क जुकरबर्ग विश्वका छैटौं धनी व्यक्ति हुन्। उनीसँग करिब ५२ खर्ब, ७८ अर्ब, ६९ करोड रुपैयाँ रहेको बताइएको छ।

    ९.फेसबुकमा प्रत्येक मिनेट २ लाख ४३ हजार ५५ फोटो अपलोड हुने गरेको छ।

    १०. मानिसहरू फेसबुकमा दिनहुँ औसत २१ मिनेट बिताउँछन्। र, बर्षमा औसत ७ हजार ६ सय ६५ मिनेट बिताउने गरेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij