प्रकाशित मिति : आइतवार, माघ ९, २०७३
शनिबार अबेर राती हिराखण्ड एक्सप्रेस ट्र्याकबाट बाहिरिएपछि कम्तीमा २३ को मृत्यु भएको भएको पुष्टि भएको छ ।
स्मरण रहोस्, भारतमा रेल ट्र्याकबाट बाहिरिएको यो पहिलो घटना भने होइन । योभन्दा अघि पनि थुप्रै दुर्घटना यस्तै प्रकृतिका थिए जसले थुप्रैको ज्यान लिइसकेको छ ।
दुर्घटनालगत्तै चिन्मई पुरोहित नामकी एक महिलाले भारतका रेलमन्त्री सुरेश प्रभुलाई ट्याग गर्दै ट्वीट गरिन् ।
आफ्नो ट्वीटमा चिन्मईले लेखिन्, ‘हिराखण्ड एक्सप्रेस पल्टियो । सुरेश प्रभु, रेल मन्त्रालय, कृपया तुरुन्त बचाउ अभियानको व्यवस्था गर्नुहोस् ।’
चिन्मईले राती १२ बजेर तीन मिनेटमा ट्वीट गरेकी हुन् ।
भारतको रेल मन्त्रालयको आधिकारिक अकाउन्टबाट १२ बजेर २५ मिनेटमा यो ट्वीटको जवाफमा विशाखापटनम रेलवे डिभिजनको अकाउन्ट ९२म्चmधबत)भअयच० लाई ट्याग गर्दै ट्वीट गरियो, ‘तुरुन्त हेर्नुहोस्’ ।
चिन्मईले जुन तस्बिर सार्वजनिक गरेक छिन् त्यसमा यात्रुले यात्रुको नै मद्दत गरिरहेको देख्न सकिन्छ ।
यद्यपी, सुरेश प्रभुको अकाउन्टबाट चिन्मईको ट्वीटमा कुनै जवाफ आएको छैन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij