आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राज्यको ढुकुटीबाट करोडौँ डलर लिएर भागे गाम्बियाका पूर्वराष्ट्रपति

  • प्रकाशित मिति : सोमवार, माघ १०, २०७३



  • गाम्बिया । गाम्बियाका पूर्व राष्ट्रपति याह्या जामेहले देश छाड्दा सरकारी ढुकुटीबाट १.१ करोड अमेरिकी डलरभन्दा बढी ‘गायब’ भएको बताइएको छ ।
    नयाँ राष्ट्रपति अदामा बारोका सल्लाहकार रहेका माई अहमद फातीका अनुसार ठ्याक्कै कति रकम गायब भएको भन्ने विषयमा अनुसन्धान भइरहेको बताएका हुन् ।
    ‘दुई हप्तामा मात्र उनले १ करोड डलरभन्दा बढी रकम निकालेको देखिएको छ ।,’ फातीले भने, ‘ढुकुटी लगभग खाली छ ।’
    जामेहले देश छाडेर जाँदा उनको विलासी गाडी लगायत अन्य सामानहरु विमानमा लोड गर्दै गरिएको देखिएको थियो ।
    २२ वर्ष गाम्बियाको सत्तामा रहेका जामेहले शनिबार देश छाड्दै इक्वेटरियल गिनीमा शरण लिन पुगेका छन् ।
    निर्वाचनपछि नयाँ राष्ट्रपति विजयी भएपछि पनि जामेहले परिणामलाई नस्वीकार्ने बताउँदै सत्तामा नै रहेका थिए । पछि, सेनाले हस्तक्षेप गर्ने बताएपछि स्थानीय नेताहरुको सल्लाहपछि उनले पद र देश छाड्ने निर्णय लिएका थिए ।
    नवनिर्वाचित राष्ट्रपति बारो अहिले छिमेकी सेनेगलमा रहेका छन् । उनी कहिले फर्कने भने यकिन छैन ।
    यद्यपि, उनको आगमनको तयारी गर्न पश्चिम अफ्रिकी सेना राजधानी बान्जुलमा पुगिसकेका छन् ।
    गाम्बियामा स्थिति नियन्त्रणमा राख्न सेनेगलको नेतृत्वमा पाँच अफ्रिकी देशका सेनाले पहरा दिइरहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij