आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ट्रम्प राज्य : पछिल्ला ४८ घण्टामा ट्रम्पले गरेका १७ निर्णय

  • प्रकाशित मिति : सोमवार, माघ १०, २०७३



  • वासिङटन । अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा बिताएको साप्तान्हको अधिकांश समय उनको सपथग्रहणमा उपस्थित मानिसको संख्याको विषयमा मिडियाको आलोचना गर्नमा नै बितेको छ ।

    यद्यपि, यही समयमा उनले यस्ता नीतिगत निर्णयहरु पनि गरेका छन्, जसले दुरगामी असर पार्नेछन् ।

    पदभार सम्हालेको ४८ घण्टामा ट्रम्पले गरेका महत्वपूर्ण निर्णयहरु यस्ता छन् :

    १. सम्पूर्ण सरकारको नेतृत्व लिएका छन् ।

    २. पूर्व राष्ट्रपति बाराक ओबामाको अफोर्डेबल केयर एक्टलाई फिर्ता लिन लक्षित कार्यकारी निर्देशन जारी ।


    ३. सरकारबाट सञ्चालित आवासीय कर्जा लिँदा वार्षिक रुपमा तिर्नुपर्ने इन्सुरेन्स प्रिमियमको आकार घटाउने ओबामाको निर्णय रोके ।

    ४. सरकारी एजेन्सीहरुलाई नयाँ नियमहरु लागु नगर्न निर्देशन । नयाँ सरकारलाई ती नियमहरु अध्ययन गर्न समय माग ।

    ५. आफ्नो ज्वाइँलाई ह्वाइट हाउसमा सल्लाहकारका रुपमा राख्न जस्टिस डिपार्टमेन्टबाट स्वीकृति पाए ।

    ६. सिआइएका प्रतिनिधिहरुलाई भेटे । परमाणु हतियारको कोड लिए ।

    ७. सिआइएको डाइरेक्टरका लागि ट्रम्पको उम्मेद्वार माइक पोम्पियोले आफ्ना अफिसरहरुलाई सोधपुछका लागि वाटरबोर्डिङजस्तो कठोर उपाय अपनाउनु आवश्यक परे त्यसलाई पुनः शुरु गर्ने बताए ।

    ८. इराकसँग पुनः द्वन्द्वको संकेत । इराकको तेल आफ्नो नियन्त्रणमा नलिएकोमा दुःख व्यक्त । उनले सिआइएलाई भने, ‘हामीले तेल राख्नुपथ्र्यो । सायद यसका लागि हामीले अर्को मौका पाउनेछौँ ।’

    ९. मेक्सिकोका राष्ट्रपतिसँग संवाद । जनवरीको अन्त्यमा भेट्ने ।

    १०. क्यानाडाका प्रधानमन्त्रीसँग दुई देशबीचको आर्थिक सम्बन्धको विषयमा कुराकानी ।

    ११. क्यानाडा र मेक्सिकोका नेताहरुसँग बसेर नाफ्टा सम्झौताबारे पुनः छलफल गर्ने घोषणा ।

    १२. शुक्रबार बेलयाती प्रधानमन्त्री थेरेसा मेलाई भेट्ने जानकारी । ट्रम्पले भेट्ने मे पहिलो विदेशी सरकार प्रमुख हुने ।

    १३. टेक्सासमा विवादमा रहेको भोटर आइडीबारे कानुनको सुनवाई सार्न जस्टिस डिपार्टमेन्टलाई निर्देशन ।

    १४. यस हप्ता नयाँ कार्यकारी निर्देशनहरु दिने तयारी ।

    १५. नेसनल पार्क सर्भिसले ट्रम्प र ओबामाको सपथमा जम्मा भएका मानिसहरुको तुलनात्मक तस्विरलाई रिट्वीट गरे पछि आगामी दिनमा ट्वीट नगर्न निर्देशन ।

    १६. इजरायलको तेल अभिभमा रहेको अमेरिकी राजदूतावासलाई जेरुसेलममा सार्न छलफल शुरु ।

    १७. राष्ट्रपतिको रुपमा पहिलो राष्ट्रिय विपत्ति जर्जियाको विनासकारी टोर्नाडोको सामना ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij