आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आप्रवासीमाथि कडा जाँच गर्न राष्ट्रपति ट्रम्पले दिए निर्देशन

  • प्रकाशित मिति : शनिबार, माघ १५, २०७३



  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा आउने आप्रवासीमाथि कडा जाँच गर्न निर्देशन दिएका छन् ।

    नवनियुक्त रक्षा मन्त्री जेम्स म्याटिसलाई शपथ दिलाउँदै ट्रम्पले कट्टर इस्लामिक अतिवादीलाई अमेरिकाभन्दा टाढा नै राख्नका लागि आप्रवासीमाथिको जाँचमा कडाई गर्न आदेश दिएका हुन् ।

    आफ्नो देश र देशवासीलाई माया र सहयोग गर्ने मुलुकका जनतालाई भने आफ्नो देशमा आउन दिने पनि उनले बताए । सुरक्षा जाँचमा गरिने कडाईको स्वरुप कस्तो हुनेचाहिं उनले बताएनन् ।

    आफ्नो देशमा शरण माग्न आउनेहरुमा पनि सिरियाईको तुलनामा ईसाइलाई प्राथमिकता दिने धारणा उनले व्यक्त गरे ।

    गत वर्ष मात्र ओबामा प्रशासनले सिरियाका दश हजार शरणार्थीलाई शरण दिएको थियो । ट्रम्पले अरु ६ मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने पनि बताए । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij