प्रकाशित मिति : शनिबार, माघ २२, २०७३
पोर्नस्टारबाट बलिउड नायिका बनेकी सन्नी लियोनले केही दिन अघि दिएको अन्तर्वार्तामा आफ्नो यौन जीवनबारे चकित गरिदिने खुलासा गरेकी छिन् । हानी चाभान नामक युट्युब च्यानललाई दिएको अन्तर्वार्तामा आफूलाई बुवाले आपत्तिजनक अवस्थामा भेटेको कुरा स्विकार गरेकी छिन् ।
आफू टीनएजमा हुँदा उनको परिवार मिशिगनबाट क्यालिफोर्नियामा सरेको बताएकी छिन् । मिशिगनमा आफूहरु एक वर्ष बसेको उनले जानकारी दिइन् । मिशिगनमा आफ्नो प्रेमी भएकाले क्यालिफोर्निया सर्नु उनको लागि दुखदायी भएको बताइन् । उनका ती प्रेमिले हरेक दिन उनलाई आफ्नै हातले प्रेम पत्र लेख्ने गरेको बताइन् ।
आफ्नो सम्बन्ध निकै राम्रो तरिकाले चलिरहेको उनले बताइन् । ‘रोमियो एण्ड जुलियट’ को नाटक हेरेपछि आफूहरुले पहिलो पटक चुम्बन गरेको उनले स्मरण गर्दै उक्त पल निकै उद्भूत भएको बताइन् ।
उनका अनुसार उनका तत्कालीन प्रेमी बास्केटबल खेल्दथे । उनी निकै ह्याण्डसम पनि भएको उनले जानकारी दिइन् तर उनीहरुको सम्बन्ध सन्नीको परिवारलाई मन परेको थिएन । उनी भन्छिन्, ‘मेरो बुवाले एक पटक हामीलाई निकै आपत्तिजनक अवस्थामा देखेका थिए । त्यो निकै नराम्रो दुर्घटना थियो ।’
उनी भन्छिन्, ‘हामी एकपटक सँगै थियौं । एउटा ठूलो हलको कुनामा म उनको काखमा बसेकी थिएँ । हामी नजिकिएका थियौं । त्यतिबेला नै मेरो बुवा त्यहाँ आउनुभयो र मलाई गाली गर्न थाल्नुभयो । बुवालाई त्यस्तो अवस्थामा देखेर म निकै आत्तिएकी थिएँ । त्यो मेरो जीवनको सबैभन्दा नराम्रो घटना हो ।’
पेशागत रुपमा पोर्न स्टार रहेकी बलिउड नायिका सन्नी लियोनका अनुसार उनले ११ वर्षको उमेरमा पहिलो पटक चुम्बन गरेकी थिइन् भने १६ वर्षको उमेरमा आफ्नो कुमारित्व गुमाएकी थिइन् । उनका अनुसार यो कुनै नौलो र ठूलो कुरा होइन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij