आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एउटा रुख कसैले काट्ने हिम्मत नै गरेनन्, रेलवे स्टेशनको बीचमै छ अझै

  • प्रकाशित मिति : सोमवार, माघ २४, २०७३



  • टोकियो । जनसंख्या बृद्धि, प्रविधिको विकाससँगै भौतिक संरचनामा पनि समयानुकुल सुधार गर्दै जनतालाई सुख–सुविधा दिन विकसित मुलुक तल्लिन हुन्छन् । तर जापानजस्तो प्रविधिमा निकै लामो फडके मारिसकेको मुलुकले पनि ७ सय वर्ष पुरानो एउटा रुख ढाल्न सकेको छैन, जसले गर्दा सो रुखलाई बीचमै राखेर रेलवे स्टेशन निर्माण गरिएको छ ।

    जापानको ओशाकास्थित कायाशिमा रेलवे स्टेशनमा यो रुखलाई बीचमै पारेर अन्य भौतिक संरचना निर्माण गरिएका छन् । उक्त रेलवे स्टेशन सन् १९१० मा निर्माण भएको हो, जतिबेला यो रुख रेलवे स्टेशनको बाहिरतर्फ पर्दथ्यो ।

    जनसंख्या बृद्धिसँगै उक्त रेलवे स्टेशन सन् १९७२ मा स्तरोन्नति गरियो । त्यतिबेला यो रुख काट्न प्रयास नभएको होइन । किनकि रेलवे स्टेशन विस्तार गर्दा रुखले बाधा गर्ने प्राविधिकहरुको निष्कर्ष थियो । रुख भएको स्थानसम्म रेलवे स्टेशनको भौतिक संरचना निर्माण हुने भएपछि रुख काट्नका लागि पहल गरियो ।

    स्थानीयहरुका अनुसार रुख काट्न जाने जो कोहीका लागि त्यतिबेला विभिन्न अशुभ घटना निम्तिए । केहीको त मृत्युसमेत भएको बताइन्छ । यस्तो घटनापछि उक्त रुखमा दैवी शक्ति रहेको जनविश्वासका साथ रुखलाई बीचमै पारेर रेलवे स्टेशनको भौतिक संरचना निर्माण गरिएको स्थानीयहरु बताउँछन् ।

    तर केही पर्यावरणविदहरु भने रुख मासेर भौतिक संरचना निर्माण गर्नुभन्दा रुखलाई जोगाएरै भौतिक संरचना गर्ने एक खालको सन्देश दिनका लागि यो रुखलाई जोगाइएको तर्क गर्दछन् ।

    जे होस्, रेलवे स्टेशनको बीचमा रहेको यो विशाल रुखले अहिले पनि धेरैको मनमा कौतुहलता बनाइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij