आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

यी तीन कारणले पाकिस्तानमा प्रतिबन्धित भयो ‘रईश’

  • प्रकाशित मिति : बिहिबार, माघ २७, २०७३



  • पाकिस्तानको सेन्सर बोर्डले बलिउड अभिनेता शाहरुख खानको ‘रईश’माथि प्रतिबन्ध लगाएको छ। फिल्म आइतबारबाट रिलिज हुने तय भएको थियो। फिल्म प्रतिबन्धमा परेपछि फिल्मका निर्देशक राहुल ढोलकियाले निराशा व्यक्त गरेका छन्। उनीसँगै ‘रईश’ हेर्न प्रतिक्षा गरिरहेका केही पाकिस्तानी दर्शकले समेत पाकिस्तान सेन्सरको प्रतिबन्दप्रति निराशा व्यक्त गरेका छन्।

    ‘रईश’लाई प्रतिबन्ध लगाउनुमा निम्न कारणहरू कारक रहेको पाकिस्तान सेन्सर बोर्डले जनाएको छ।

    १.       पाकिस्तान इस्लामिक देश हो, त्यहाँ मादकपदार्थको विक्री-वितरण गैरकानुनी छ। फिल्म मादकपदार्थको तस्करी गर्ने ‘रईश’माथी आधारित रहेको छ। फिल्ममा सो भूमिकामा शाहरुख छन्। यसले दर्शकमाथि नकारात्मक छवि दिने सेन्सरको दाबी छ।

    २.       रईश पात्र मुसलमान हो र उसको अन्डरवल्डसँग सम्बन्ध छ। फिल्मको मुख्य पात्रको नकारात्मक छविलाई बोर्डले दोस्रो कारण मानेको छ।

    ३.       फिल्ममा देखाइएको सुन तस्करीको दृश्य सेन्सरको बुझाइ भन्दा पर रह्‍यो। सेन्सरलाई फिल्मको एक वा दुई दृश्यमा मात्र आपत्ति नभई फिल्मका तुप्रै दृश्यसँग आपत्ति छ। त्यसै कारणले बोर्ड फिल्मलाई पास गर्न असमर्थ भयो।

    फिल्ममा शाहरुखसँगै चर्चित पाकिस्तानी अभिनेत्री माहिर खान पनि मुख्य भूमिकामा रहेकी छन्। त्यसेले फिल्मले पाकिस्तानमा पनि राम्रो कमाइ गर्ने अपेक्षा ‘रईश’को निर्माण पक्षले राखेको थियो। भारतपाक सम्बन्धका कारण बलिउड फिलममाथीको प्रतिबन्ध भर्खरैमात्र फुकुवा भएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij