प्रकाशित मिति : शुक्रबार, माघ २८, २०७३
सिन्हवा । चीनको दक्षीण पश्चिमी प्रान्त युनानको लुदिआन काउन्टीमा बुधबार साँझ ४.९ रेक्टर स्केलको भूकम्प जाँदा ५ जना घाइते भएको खबर आजको कान्तिपुरमा छ ।
स्थानीय अधिकारीहरुका अनुसार भूकक्पबाट भएको मानवीय र सम्पत्ति क्षतिको विस्तृत विवरण भने प्राप्त भइसकेको छैन ।
भूकम्पको केन्द्रविन्दु लुदिआनकै आसपासको क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।
सन् २०१४ मा सोही प्रान्त प्रभावित हुने गरी गएको ६.५ रेक्टरको भूकम्पमा परी छ सय १७ व्यक्तिको मृत्यु हुनुको साथै ठूलो मात्रामा भौतिक क्षति भएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij