प्रकाशित मिति : सोमवार, फाल्गुन २, २०७३
म्याग्दी । भारत पाकिस्तान सीमा क्षेत्रबाट म्याग्दी कुहुँ १ पूर्णगाउँका फुलप्रसाद अर्मजाले बेलायतमा रहेका दाजु गोविन्दलाई फोनबाट बाक्लो हिमपात भइरहेको बताएको एक महिना जति भयो ।
भारतीय सेनामा कार्यरत उनी पाकिस्तानी भूभागबाट भारतीय भूमिमा हुने आक्रमण रोक्न कास्मिरको माथिल्लो भेगमा खटिएका थिए । उनले फोनमा दाजुलाई आतंकवादीको लडाइँभन्दा पनि हिमपहिरो डरलाग्दो भएको बताएका थिए ।
हो रहेछ, उनको ज्यान हिमपहरोले नै लियो । अत्याधिक हिमपातसँगै झरेको हिमपहिरोमा परेर ज्यान गुमाएका अर्मजाको शुक्रबार साँझ अन्त्येष्टि गरी परिवार घर फर्किएको खबर आजको नागरिकमा छ ।
हिमपहिरोमा परेर घाइते भएका अर्माजको माघ २५ गते उपचारको क्रममा निधन भएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij