प्रकाशित मिति : मङ्लबार, फाल्गुन ३, २०७३
ललतिपुर । आईडिएमसी प्रा.लि.ले एक्सीएमजी नामक हेभि इक्युपमेन्टकोे एक्स्क्लुसिभ शोरुम ललितपुरको भनिमण्डलमा सञ्चालनमा ल्याएको छ । शोरुमको आईडिएमसी प्रा.लि.का अध्यक्ष प्रविण ढुङ्गाना र जुझाउ कन्सट्रक्सन मेसिनरी ग्रुप कं. लि (एक्सीएमजी), चिनका सह अध्यक्ष एवं महाप्रबन्धक डा. ज्याङसेन लिउले संयुक्त रुपमा उद्घाटन गरेका छन् । एक्सीएमजीको नेपालका लागि आधिकारिक विक्रेता आईडिएमसी प्रा.लि रहेको छ । जुझाउ कन्सट्रक्सन मेसिनरी ग्रुप कं.लिको स्थापना सन् १९८९ चिनमा भएको हो ।
शोरुमको स्थापनासंगै एक्सीएमजीको रोड रोलर, सोयल कम्प्याक्टर, डबल ड्रम कम्प्याक्टर, ब्याकहो लोडर, लोडर, मोटर ग्रेडर, मोबाइल क्रेन, लरी क्रेन, क्वाइलर क्रेन, डिजेलबाट चलाउन सकिने फोर्कलिफ्ट ट्रक, मोबाइल टावर क्रेन समेत आईडिएमसीले नेपाली बजारमा उपलब्ध गराउने भएको छ ।
मुलुकको हेवी ईक्वीपमेन्ट बजारमा आईडिएमसी प्रा.लि. ले छोटो समयमा नै अग्रणी स्थान ओगट्न सफल कम्पनीको रुपमा आफुलाई स्थापित बिश्वको हेवी ईक्वीपमेन्ट बजारमा अत्याधिक माग रहेको ५ ब्राण्डहरुमध्ये एक्सीएमजी ब्राण्ड पनि प्रमुख एक हो ।

चिनमा सबैभन्दा धेरै बिक्री हुने नं. १ हेवी ईक्वीपमेन्ट ब्राण्ड हो । बिक्री पछिको सेवा संभारका लागि कम्पनिले भक्तपुरको सानोठिमी स्थीत आप्mनै मर्मत संभारकेन्द्रको स्थापना समेत गरि सकेको छ । उक्त सेवा केन्द्रबाट कम्पनीले चाईनीज बिषेशज्ञ ईन्जिनियर समेत उपलब्ध गराई सेवा प्रदान गर्दै आएको आईडीएमसी प्रा.लि.का प्रबन्ध निर्देशक पुरुषोत्तम सुवेदीले जानकारी दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij