आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

किम–जोङका दाइको हत्यामा संलग्न दोस्रो संदिग्ध महिला पक्राउ

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन ५, २०७३



  • उत्तर कोरियाका तानाशाह किम जोंग उनका सौतेनी दाईको हत्यामा संलग्न भएको आशंकामा मलेसिया पुलिसले दोस्रो महिलालाई पक्राउ गरेको छ । दक्षिण कोरियाको समाचार एजेन्सीले किम जोंगका सौतेनी दाइ किम जोंग न्यामको हत्या भएको जानकारी गत मंगलबार दिएको थियो । उनीमाथि दुई महिलाले विषालु सुईमार्फत हमला गरेको आशंका गरिएको छ ।

    – मलेसियाको न्यूज एजेन्सी बर्नामाले पुलिस आईजीलाई हवाला दिँदै सो कुराको जानकारी दिएको हो । आइजिपी खालिद अबू बकरले समाचार एजेन्सी बर्नामालाई यो विषयबारे बेलुकासम्म बयान जारी गर्ने बताएको छ ।

    योभन्दा पहिले पुलिसले बुधबार एक अन्य महिलालाई पक्राउ गरेको थियो । बुधबार पक्राउ गरिएकी महिलाको नाम दोआन थी हुआंग हो । २८ वर्षकी उनीसँग भियतनामको पासपोर्ट छ ।

    पुलिसले यस विषयमा केही अन्य विदेशी संदिग्धमाथि पनि नजर राखिरहेको छ ।

    किम जोंग न्यामको हत्या किम जोंग–उनले नै गरेको आशंका जताइएको छ ।

    त्रुटिपूर्ण सुरक्षाको उठाए फाइदाः

    –योनहापले एक अर्को सूत्रको हवाला दिँदै उत्तर कोरियाको गुप्तचर एजेन्सी ‘द रेकन्नोयसां जनरल ब्यूरो’ को एजेन्टले नै यो हत्या गरेको बताएको छ ।

    – एयरपोर्टमा चेकिङको क्रममा जोंग (४५) नामका बडिगार्ड यताउता भए, त्यतिबेला नै दुई महिला एजेन्टले उनको हत्या गरेको बताइएको छ ।

    – एक टेलिभिजन च्यानलको दाबी अनुसार हमलापछि दुबै महिला कारमा चढेर फरार भए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij