प्रकाशित मिति : शुक्रबार, फाल्गुन ६, २०७३
काठमाडौ । कृषि क्षेत्रको व्यवसायिक विकास गर्ने उद्देश्यले नेपालमा पहिलो पटक बृहत अन्तराष्ट्रिय कृषि प्रर्दशनी सुरु भएको छ । शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डमा सुरु भएको अन्तर्राष्ट्रिय कृषि प्रर्दशनीमा कृषिजन्य औजारदेखि नयाँनयाँ कृषि प्रविधिहरु राखिएको छ ।
मिडिया स्पेश सोलुसन प्रालि, कृषि मेसिनरी व्यवसायी संघ र भारतको फ्यूचरेक्स ग्रुपको संयुक्त आयोजनामा भएको प्रदर्शनीमा कृषिसँग सम्बन्धित विभिन्न दुई सय वटा स्टल छन् । प्रर्दशनीमा नेपाल, भारत, मलेसीया , चीन, ताईवान, इटाली, इजराइल, बंगलादेश, जर्मनी, बेल्जियम लगायत १६ देशका कृषिजन्य प्रविधिको अवलोकन गर्न सकिनेछ । आधुनिक कृषि यन्त्र तथा उपकरण, आधुनिक खेती प्रणाली, डेरी उद्योग, मत्स्यपालन उद्योग, पोल्ट्री उद्योग सम्बन्धी प्रविधिका स्टल राखिएको प्रदर्शनको कृषिमन्त्री गौरीशंकर चौधरीले उद्घाटन गरेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij