प्रकाशित मिति : आइतवार, फाल्गुन ८, २०७३
पाकिस्तान । पाकिस्तानी संसदले हिन्दु विवाह विधेयक २०१७ पारित गरेको छ । राट्रिपतिले हस्ताक्षर गरेपछि यसले औपचारिक रुपमा कानुनको मान्यता पाउने छ ।
पाकिस्तानमा रहेको हिन्दुले विधेयकको स्वागत गरेका छन् । यसबाट अल्पसंख्यक हिन्दुले आफ्नो विवाह दर्ता गराउन पाउनेछन् । डिभोर्स र पुनर्विवाहको व्यवस्था पनि विधेयकमा छ ।
विवाहको लागि वरवधुको उमेर १८ बर्ष पुगेको हुनुपर्नेछ । हिन्दु महिलाले अब भने विवाह दर्ताको सरकारी मान्यता पाउनेछन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij