आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

यसरी मनाए यी सुन्दरीले शिवरात्री

  • प्रकाशित मिति : शनिबार, फाल्गुन १४, २०७३



  • अभिनेत्रीहरुको यस पटकको महाशिवरात्री पर्वबारेको यो खबर आजको नयाँ पत्रिकामा छ ।

    केकी अधिकारी : मलाई शिव भगवानप्रति आस्था छ । शिवरात्रीमा व्रत बस्ने गरेकी छु । यसपालि पनि व्रत बसेँ । सुटिङको क्रममा नेपालगन्ज छु । बिहान बागेश्वरी मन्दिर गएँ तर लाइन धेरै भएकाले भित्र गएर पुजा गर्न भ्याइन ।

    रजनी केसी : म शिवकी भक्तिनी हुँ । हरेक सोमबार शिवको पूजाआराधना गर्ने गरेकी छु । शिवरात्री त मेरो लागि विशेष नै हुने भयो । यसपालि पनि मैले पशुपतिनाथको दर्शन गरेँ ।

    झरना थापा : शिवरात्री म धुमधमााका साथ मनाउँछु । यसपालि पनि व्रत बसेँ । यसपालि भने मैले भाङ खाइन । पहिले भाङ खाएकी थिएँ । भाङ लागेर म त हाँसेको हाँस्यै भएछु । त्यसपछि खएको छैन ।

    बर्षा सिवाकोटी : दुई तीन बर्षयता पशुपति जान पाएकी छैन । अहिले ज्वरो र रुघाखोकीका कारण घरमै आराम गरिरहेकीले यसपालि पनि पशुपति जान पाइनँ । टिभीमा पशुपतिको लाइभ हेरेँ ।

    जाहान्वी बस्नेत : शिवरात्री मलाई एकदम मन पर्छ । शिव भगवानलाई मान्छु म । कामको सिलसिलामा दाङमा छु । त्यसैले पहिलोजस्तो मनाउन नपाउँदा नरमाइलो लागेको छ । ब्लडप्रेसर लो भएकोले गर्दा व्रत भने बस्ने गरेकी छैन ।

    महिमा सिलवाल : म त शिवरात्री धुमधामका साथ मनाउँछु । यसपालि घरमा बुबाले शिव मन्दिर बनाउनुभएको छ । त्यही पूजाका लागि चितवन गीतानगर आएकी छु । रातभर व्रत बसेकी छु, सूयौदय भएपछि मात्र व्रत समापन हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij