मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

आज यो वर्षको अन्तिम सूर्य ग्रहणः गर्भवती महिलाले यी कुरामा ध्यान दिनुहोस्

  • प्रकाशित मिति : आइतवार, फाल्गुन १५, २०७३



  • आइतबार सूर्य ग्रहण लाग्दैछ । बेलुकी ५ बजेर ५५ मिनेटमा सुरु हुने सूर्य ग्रहण राती १० बजेर १६ मिनेटसम्म रहन्छ । यो नेपालमा आशिंक रुपमा देखिनेछ भने दक्षिण अमेरिका, दक्षिण अफ्रिका, प्रशान्त, अटलान्टिक र हिन्द महासागरमा पूर्ण रुपमा देखिनेछ ।

    स्मरण रहोस्, सूर्यग्रहण एक खगोलीय घटना हो र यो घटना त्यतिबेला हुन्छ जब चन्द्रमा र सूर्य पृथ्वीको बिचबाटोमा आइपुग्छ ।

    शास्त्रमा केही यस्ता कुराहरु बताइएका छन् जुन हामीले ग्रहणका बेला गर्नुहुँदैन । जुन यसप्रकार छन्ः

    – ग्रहणको समयमा शरिरमा तेलले मालिस गर्नु हुँदैन । सूर्य ग्रहण बेला तेल मालिस गर्दा छाला सम्बन्धि रोग लाग्ने मान्यता छ ।

    – ग्रहणका बेला गर्भवती महिलाले विशेष ध्यान दिनुपर्ने हुन्छ । ग्रहणका बेला उनीहरु घरबाट निस्कनु हुँदैन र गर्भमा रहेको शिशुमाथि नराम्रो असर नपरोस् भन्नका लागि भगवानलाई सम्झनुपर्छ ।

    – जब ग्रहण लाग्छ तब कुनै भगवानको प्रतिमालाई छुनु हुँदैन साथै, सुत्ने, खाना बनाउने, खाने आदि कामहरु गर्नुहुँदैन ।

    – श्रीमान्, श्रीमतीले ग्रहणका बेला यौनसम्बन्ध स्थापित गर्नुहुँदैन । शास्त्रलाई मान्ने हो भने यतिबेला गर्भधारण गर्दा जन्मिने बच्चा नकारात्मक ऊर्जाले भरिपूर्ण हुन्छ ।

    – ग्रहण लाग्नुपूर्व नै खाना खानुहोस् । त्यसपछि दुध दहि वा खानेकुरामा तुलसीको पात हाल्नुहोस् । यस्तो गर्दा खानेकुरामा ग्रहणको असर पर्दैन । ग्रहण सिद्धिएपछि घरको सर सफाइ गर्नुहोस् र आफू पनि नुहाउनुहोस् ।

    वैज्ञानिक मान्यताः

    सूर्य ग्रहणका बेला पृथ्वीको उत्तरी एवं दक्षिणी ध्रुव प्रभावित हुन्छ त्यसकारण यो अवधि नराम्रो मानिन्छ । सूर्यबाट अल्ट्राभोयलेट किरण निस्कन्छ जसले इन्जायम सिस्टमलाई प्रभावित गर्ने गर्दछ । त्यसकारण सूर्यग्रहणका बेला सावधानी अपनाउनु आवश्यक छ ।

    कहिले हुन्छ अर्को ग्रहण ?

    आज पछि दुई अन्य ग्रहण देखिनेछन् । यसमा एक चन्द्र ग्रहण हुनेछ भने दोस्रो सूर्य ग्रहण । आउँदो ७–८ अगस्टमा चन्द्रग्रहण हुँदैछ जसलाई युरोप, अफ्रिका, एशिया र अष्ट्रेलियामा देख्न सकिन्छ जबकी २१ अगस्टमा पूर्ण सूर्य ग्रहण लाग्नेछ । अर्थात्, आजको सूर्यग्रहण नै यस वर्षको अन्तिम सूर्य ग्रहण हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij