प्रकाशित मिति : बिहिबार, फाल्गुन २६, २०७३
पाल्पा । एचएच बजाजले सुविधा सहितको शोरुम मनकामना अटो वक्र्स पाल्पाको रामपुर–७ मा संचालनमा ल्याएको छ । एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधा सहितको नयाँ शोरुम मनकामना अटो वक्र्स पाल्पाको रामपुर–७ मा संचालनमा ल्याएको जनाएको छ ।
नयाँ शोरुम शुभारम्भ गर्दै एचएच बजाजका डिपुटी महाप्रबन्धक योगेन गुरुङले पाल्पामा नयाँ शोरुम संचालन गर्न पाएकोमा खुशी व्यक्त गरे ।
उनले ग्राहकहरुको बढ्दो मागका कारण पाल्पामा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएकोे बताए । नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij