आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पाकिस्तानमा हिन्दु विवाहलाई मान्यता दिने विधेयक पारित

  • प्रकाशित मिति : शनिबार, फाल्गुन २८, २०७३



  • काठमाडौं । पाकिस्तानको संसदले हिन्दुहरुको विवाहलाई कानुनी मान्यता दिने विधेयक पारित गरेको छ ।

    राष्ट्रपतिले हस्ताक्षर गरेपछि यसले कानुनी मान्यता पाउने छ । यही हप्ता भित्र विधेयकले औपचारिका रुपमा कानुनी मान्यता पाउने विश्वास गरिएको छ ।

    गत वर्ष तल्लो सदन नेशनल एसेम्बलीले उक्त विधेयक पारित गरेको थियो । माथिल्लो सदन सीनेटले केही परितर्वन गरेपछि यसलाई फेरि नेशनल एसेम्बलीमा पठाइएको थियो ।

    तल्लो सदनमा यो विधेयक लामो बहस पछि पारित भएको हो । यो कानुन राजधानी इस्लामाबाद लगायत आसपासका क्षेत्रका साथै पञ्जाव , बलुचिस्तान र खैबर पख्तुनख्वाह प्रान्तमा लागु हुनेछ ।

    पाकिस्तानमा सबैभन्दा हिन्दु रहेको सिन्ध प्रान्तमा भने हिन्दु विवाह सम्बन्धी छुट्टै कानुन लागु छ ।

    मुश्लिम मुलुक पाकिस्तानमा ३८ लाख हिन्दु धर्माबलम्बी रहेका छन् । यो कुल जनसंख्याको २ प्रतिशत हो । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij