प्रकाशित मिति : आइतवार, फाल्गुन २९, २०७३
मार्च १२ मा, विश्वमा भएका मुख्य घटना :
२०११ – अघिल्लो दिन गएको भूकम्पको कारण जापानको फुकुसिमामा रहेको आणविक भट्टीमा विस्फोट हुँदा रेडियो विकिरण चुहावट भएको थियो ।
१९९९ – बार्सा सहमतिका सदस्यहरु चेक रिपब्लिक, हंगेरी र पोल्यान्ड नेटो गठबन्धनमा सामेल भएका थिए ।
२००३ – सर्बियाका प्रधानमन्त्री जोरान डिन्डिकको बेल्ग्रेडमा हत्या भएको थियो ।
२००३ – विश्व स्वास्थ्य संगठनद्धारा सार्स महामारी रोग भएको भन्दै विश्वव्यापी चेतावनी जारी गरिएको थियो ।
२००४ – दक्षिण कोरियाको राष्ट्रिय सभाबाट त्यहाँका राष्ट्रपति रोह मु ह्युमाथि महाअभियोग पारित भएको थियो ।
१९९३ – भारतको मुम्बई सहरमा दर्जनौं बम विस्फोट गराइँदा तीन सयभन्दा बढीको मृत्यु भएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij