आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जुम्ल्याहा सन्तानको पिता बन्दै रोनाल्डो

  • प्रकाशित मिति : सोमवार, फाल्गुन ३०, २०७३



  • लण्डन । रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो फेरि दुई सन्तानको पिता बन्न लागेको बेलायती अनलाइनले दाबी गरेको छ ।

    ३२ वर्षीय पोर्चुगलका कप्तानले अमेरिकी सरोगेट आमाको कोखबाट दुई छोराको पिता बन्न लागेको द सनले दाबी गरेको हो ।

    स्रोतलाई उल्लेख गर्दै लेखिएको छ, ‘क्रिस्टियानो र उनका परिवार नयाँ सदस्यसँग भेट्न आतुर छन् ।’


    ‘रोनाल्डोले आफ्नो व्यक्तिगत जीवनको बारेमा धेरै बोल्दैनन् । तर, आफ्नो नजिकका र साथीहरुलाई दुईवटा जुम्ल्याहा छोरा चाँडै नै यो संसारमा आउन लागेको बताएका छन्,’ स्रोतले भनेको छ ।

    रोनाल्डोले आफ्नो छोराका लागि भाईहरु आउने सही समय भएको पनि बताएको अनलाइनले उल्लेख गरेको छ । आमा डोलोरेसले छोराहरु हुर्काउन सहयोग गर्ने समाचार उल्लेख छ ।

    रोनाल्डोको निकट रहेको स्रोतका अनुसार बच्चा जन्मिएपछि उनीहरुलाई स्पेनमा ल्याइनेछ ।

    रोनाल्डो हाल २३ वर्षीय जर्जिना रोड्रिगेजलाई डेट गरिरहेका छन् । उनको छोरा रोनाल्डो जुनियर पनि सरोगेट आमाबाट नै सन् २०१० मा जन्मिएको बताइन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij