आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ट्रम्पले कर तिरेको दस्तावेज लिक, ह्वाइट हाउस रुष्ट

  • प्रकाशित मिति : बुधबार, चैत्र २, २०७३



  • वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २००५ मा १५ करोड डलर आम्दानीबापत ३.८ करोड डलर कर तिरेको लिक गरिएको दस्तावेजमा देखिएको छ ।

    दुई पृष्ठ लामो ट्याक्स रिटर्नको दस्तावेजलाई अमेरिकी टेलिभिजन नेटवर्क एमएसएनबिसीले सार्वजनिक गरेको हो ।

    कर तिरेको दस्ताव सार्वजनिक भएपछि ह्वाइट हाउसले कडा प्रतिक्रिया दिँदै सो कार्य गैरकानुनी भएको बताएको छ ।


    अमेरिकी राष्ट्रपतिका दाबेदारहरुले कर तिरेको दस्तावेज सार्वजनिक गर्ने लामो चलन रहे पनि ट्रम्पले भने त्यो सार्वजनिक गर्न अस्वीकार गरेका थिए ।

    २ पृष्ठ लामो दस्तावेज उनले तिरेको करको केही अंश रहेको र यसले ट्रम्पको सम्पूर्ण आम्दानी पत्ता नलाग्ने बताइएको छ ।

    यद्यपि, यो सार्वजनिक भएपछि राष्ट्रपति ट्रम्पमा बाँकी दस्तावेज सार्वजनिक गर्नुपर्ने दबाब बन्न सक्ने जानकारहरु बताउँछन् ।

    दस्तावेजमा ट्रम्पले आयकर बापत ५३ लाख डलर कर तिरेको र थप ३.१ करोड डलर अल्टरनेटिभ मिनिमम ट्याक्स (एएमटी) बापत तिरेको देखिएको छ ।

    धनीहरुले कर छली गर्न नपाओस् भनेर एएमटीको व्यवस्था ५० वर्षअघि गरिएको थियो ।

    ३.८ करोड डलर कर औसत अमेरिकी नागरिकभन्दा २४ प्रतिशतले धेरै हो । तर धनाड्यहरुको औसतभन्दा २७.४ प्रतिशतले कम हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij