आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अमेरिकी राष्ट्रपति ट्रम्पले फेरि लगाए ओबामामाथि आरोप

  • प्रकाशित मिति : शनिबार, चैत्र ५, २०७३



  • वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति बाराक ओबामाको शासनकालमा आफ्नो टेलिफोन ह्याक गरिएको आरोप फेरि लगाएका छन् ।

    फोन ट्यापिङसम्बन्धि राष्ट्रपति ट्रम्पको आरोप सिनेटले खारेज गरेको भोलिपल्टै उनले अमेरिका भ्रमणमा रहेकी जर्मन चान्सलर एङ्गेला मर्केलसँगको भेटमा दुवै जना फोन ट्यापिङका शिकार भएको बताए ।

    ओबामाको शासनकालमा अमेरिकी गुप्तचर निकायले जर्मन चान्सलर मर्केलको टेलिफोन निगरानी गरेको खुलेपछि मर्केलले कडा आपत्ति जनाएकी थिइन् ।

    ओबामा प्रशासनले टेलिफोन ट्याप गरेको भन्ने ट्रम्पको आरोपमा रिपब्लिकन र डेमोक्रेट सिनेटर तथा नेताले विश्वास नगरे पनि ट्रम्पले भने आरोप लगाउन छाडेका छैनन् ।

    ट्रम्प र मर्केलबीच नेटो र व्यापार बिस्तारसहितका अरु विषयमा पनि छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij