आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बेलायतमा पुस्तक प्रदर्शनी

  • प्रकाशित मिति : शनिबार, चैत्र ५, २०७३



  • काठमाडौँ । नेपाल र बेलायतबीच दौत्य सम्बन्ध संस्थापनाको द्विशतवार्षिकी पूरा भएको उपलक्ष्यमा बेलायतस्थित नेपाली राजदूतावासले लण्डनमा साहित्यिक महोत्सव र साझा प्रकाशनबाट उत्पादित विभिन्न पुस्तक प्रदर्शनीको आयोजना गरेको छ ।

    तीन दिनसम्म चल्ने प्रदर्शनीमा विभिन्न तीन हजार पुस्तक समावेश गरिएका छन् । प्रदर्शनीका अवसरमा नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले नेपाल र नेपालीका सिर्जना चिनाउन यस्ता प्रदर्शनीले महत्व राख्ने भन्दै मुलुक निर्माणमा देश र विदेशमा रहेका सबै नेपालीको योगदान हुनुपर्ने बताए ।

    मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का नेता जितेन्द्रदेवले नेपाली साहित्यलाई विश्वस्तरमा लैजान सरकारी निकायबाट भएका प्रयासको प्रशंसा गर्दै यस्ता कार्यले नेपाल र बेलायतबीचको दैत्य सम्बन्ध थप विस्तार हुने विचार व्यक्त गरे ।

    साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले सो दूतावासले आफ्नो संस्थालाई स्थान दिएर साहित्यिक कार्यक्रम आयोजना गरेकामा आभार व्यक्त गरे ।

    बेलायतका लागि नेपाली राजदूत डा दुवसु क्षेत्रीले साझा प्रकाशन र नेपालका साहियित्क कृतिलाई युरोपका अन्य मुलुकमा पनि लैजान आफूले पहल गर्ने बताए ।

    कार्यक्रमा डा क्षेत्रीको सम्पादनमा प्रकाशित “बेलायतमा नेपाली कवि र कविता” पुस्तकको विमोचन पनि गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij