प्रकाशित मिति : आइतवार, चैत्र ६, २०७३
विराटनगर । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले स्थानीय तहको निर्वाचनलाई सबै राजनीतिक दलले उपयोग गर्नुपर्नेमा जोड दिएका छन्।
विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले भने ‘सबै पक्षलाई निर्वाचनमा भाग लिने बाताबरण निर्माण गर्नु अहिलेको राष्ट्रिय आवश्यकता हो ।’ काँग्रेसका केहि साथीहरुले अनौपचारिक भेटघाटमा मलाई काँग्रेसमा फर्कन पटक–पटक आग्रह गरिरहेको उल्लेख गर्दै उनले भने— ‘काँग्रेसले मेरो आवश्यकता खोजेको छ, यद्यपि राजनीतिमा सबै सम्भावनाको खेल रहन्छ ।’
पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा अध्यक्ष गच्छदारले भने, ‘नेपाली काँग्रेसलाई सबल, सुदृढ र बलियो बनाउनका लागि मेरो आवश्यकता महसुस गरेको भए पनि यस विषयमा काँग्रेससँग कुनै छलफल भएको छैन ।’
अध्यक्ष गच्छदारले संसद्मा आफ्नो पार्टीको निर्णायक भूमिका रहेको र पार्टीको सङ्गठनसमेत बलियो रहेको उल्लेख गर्दै ‘पार्टी प्रवेश होइन, एकीकरण हुनसक्ने वा चुनावी तालमेल हुनसक्ने सम्भावना छ तर यो काँग्रेसको निर्णयमाथि निर्भर गर्दछ भने।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij