आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

करोडपती होइनन् लखपती हुन् युपीका नयाँ मुख्यमन्त्री, हतियार र गाडीको शौक

  • प्रकाशित मिति : सोमवार, चैत्र ७, २०७३



  • उत्तर प्रदेशमा अत्यधिक बहुमतपछि मुख्यमन्त्रीको पदमा आसिन हुन सफल आदित्यनाथ योगीले आइतबार पद तथा गोपनियताको शपथ लिए । आदित्यनाथको पहिचान फायरब्रान्ड नेताको रुपमा स्थापित छ । गोरखनाथ मन्दिरमा महन्त अवैद्यनाथले उनलाई आफ्ना अत्तराधिकारी घोषणा गरेका थिए, जसपछि उनी राजनीतिमा प्रवेश भए । सन् २०१४ मा गोरखनाथ मन्दिरका महन्त अवैद्यनाथको मृत्युपछि उनी त्यहाँका महंत अर्थात पिठाधीश्वर छानिए । योगी आदित्यनाथ भाजपाका सांसद भएपछि हिन्दु युवा वाहिनीका संस्थापक पनि हुन् ।

    यस्ता छन् उनका विशेष कुराः

    – योगी आदित्यनाथले मात्र २६ को उमेरमा पहिलो लोकसभा चुनाव लडेका थिए ।

    – उनले गोरखपुरबाट चुनाव लडे र जित पनि हाँसिल गरे ।

    – १२ औं लोकसभामा चुनिने उनी सबैभन्दा कम उमेरका एमपी थिए ।

    – त्यसपछि सन् १९९९, २००४, २००९ र २०१४ मा उनी गोरखपुरका सांसद चुनिए ।

    थाहा पाउनुहोस् आदित्यनाथबारे रोचक कुराः

    कारका सौखिनः

    योगी आदित्यनाथ अविवाहित हुन् । उनको सम्पत्तिको कुरा गर्नुपर्दा उनको आफ्नो घर र जमिन छैन तर उनलाई विभिन्न कार राख्ने सौख छ । सन् २००४ मा योगीसँग एक क्वालिस, एक टाटा सफारी र एक मारुती एस्टीम कार थियो । सन् २००९ मा उनले आफ्नो कार परिवर्तन गरे । उनले एस्टीम र क्वालिसलाई हटाएर आफ्नो ग्यारेजमा नयाँ सफारी र फोर्ड आइकनलाई भित्र्याए ।

    ७२ लाखको सम्पत्तिः

    योगी आदित्यनाथले सन् २०१४ को लोकसभा चुनावको क्रममा आफूसँग ७२ लाख भारुको सम्पत्ति भएको घोषणा गरेका थिए । यसमा तीन लाखको टाटा सफारी, २१ लाखको टोयोटा फच्र्यूनर र १२ लाखको इनोवा समावेश थिए । अचम्मको कुरा के छ भने २० वर्षको राजनीतिक यात्रामा उनी अहिलेसम्म करोडपतीको सूचीमा समावेश भएका छैनन् ।

    हतियारको शौखः

    योगी आदित्यनाथलाई हतियार राख्ने शौख छ । सन् २००४ मा उनीसँग मात्र ३० हजार रुपैयाँको हतियार थियो । सन् २००९ मा उनले पुराना हतियारलाई हटाएर १ लाख ८० हजारको नयाँ बन्दुक र राइफल खरिद गरे । सन् २००४ मा योगीसँग कुल ९ लाख ६० हजार भारुको सम्पत्ति थियो । त्यतिबेला उनीसँग १० हजार भारुको बन्दुक र २० हजार भारुको राइफल थियो ।

    ४५ हजारको सुनका गहनाः

    सन् २००४ मा उनीसँग एउटा औंठी पनि थिएन । सन् २०१४ मा उनीसँग ४५ हजार भारुको सुनका गहना छन् । योगी अष्ट धातुको कुन्डल र सुनको गहना लगाउन मनपर्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij