आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रविन्द्र मिश्रको पार्टीले पनि स्थानीय चुनावमा भाग लिने

  • प्रकाशित मिति : मङ्लबार, चैत्र ८, २०७३



  • काठमाडौं । आगामी स्थानीय तहको चुनावमा रविन्द्र मिश्र संयोजक रहेको साझा पार्टीले स्वतन्त्र उमेद्वार उठाएर चुनाव लड्ने भएको छ ।
    सो पार्टीले आज एक विज्ञपित जारी गर्दै साझा पार्टी निर्वाचन आयोगमा दर्ता नभएकाले आउँदो स्थानीय निर्वाचनमा पार्टीगत रूपमा सहभागिता जनाउन नसक्ने जनाएको छ । साझा पार्टीले देशभरी देखिएको उत्साहजनक लहर र ठाउँठाउँमा बनेका एकाइहरूको चाहनालाई मध्यनजर राख्दै स्वतन्त्र रुपमा चुनावमा सहभागि हुने निर्णय गरेको जनाएको छ ।
    उसले लामो अन्तरालपछि हुन गइरहेको स्थानीय निर्वाचन जनताको लोकतान्त्रिक अधिकारको अभ्यासका लागि मात्र नभई स्थानीय विकास र जनसेवाका कार्यलाई इमानदार र प्रभावकारीरूपमा अगाडि बढाउन स्थानीय नेतृत्व चयन गर्ने अवसरका रुपमा लिएको जनाएको छ ।
    उसले देशभरका नेपालीहरूलाई स्थानीय निकायमा विभिन्न तहमा उमेदवारी दिन र साझा पार्टीका एकाइ र समितिहरू निर्माण गर्न पनि आह्वान गरेको छ । तर, पार्टी दर्ता भई नसकेकाले साझा पार्टी समर्थित उमेदवार भएपनि उनीहरूले साझा पार्टीको चुनाव चिह्न प्रयोग गर्न या साझा पार्टीको नाममा चन्दा उठाउन भने नपाउने जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij