प्रकाशित मिति : बिहिबार, चैत्र १०, २०७३
उत्तर कोरियाली सरकारले पछिल्लो वर्ष न्यूयोर्क फेडरल रिजर्भ बैंकमा बंगलादेशको खाताबाट ८.१ करोड डलर चोरी गरेको अमेरिकी संघीय अभियोजकले आशंका गरेका छन् ।
अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले स्रोतको हवाला दिँदै अभियोजकले केन्द्रीय बैंकमा बंगलादेशको खाताबाट यति भारी रकम चोर्न चीनियाँ बिचौलियाले उत्तर कोरियाली सरकारलाई मद्दत गरेको प्रमाण पेश गर्न तयार गरिरहेको बताएको छ ।
स्मरण रहोस्, फेब्रुअरी २०१६ मा चोरले न्यूयोर्क फेडरल बैंकमा बंगलादेशको खाताबाट भारी रकम फिलिपिनी खातामा स्थानान्तरण गरेको थियो । यो चोरी बैंकको खातालाई ह्याक नगरी स्विफ्ट सिस्टममा अधिकृत इन्टरनेशनल बैंक एक्सेस कोडको प्रयोग गरेर निकालिएको थियो । यसमा कस्तो प्रकारको आरोप तय गरिन्छ र कहिले तय गरिन्छ भन्ने स्पष्ट छैन ।
यद्यपी, न्याय मन्त्रालयले एफपीको यो टिप्पणीमाथि कुनै प्रतिक्रिया दिएको थिएन । सुरक्षा कम्पनी सिमेन्टेकका शोधकर्ताहरुले योभन्दा पहिले यो चोरीलाई अमेरिकी वित्तिय प्रणाली र सन् २०१४ मा सोनी पिक्चर्सको ह्याक गर्ने साइबर हमलाको श्रृङ्खला भनी सम्बोधन गरेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij