आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

यी हुन् संसारका १० सर्वाधिक महँगा जुत्ता, मूल्य थाहा पाउँदा आत्तिनुहोला

  • प्रकाशित मिति : मङ्लबार, चैत्र १५, २०७३



  • भनिन्छ, मानिसको व्यक्तित्व थाहा पाउन उसको जुत्ता हेर्नुहोस् । जसका कारण धेरै मानिसहरुले पैसामा मोटो रकम खर्च गर्ने गर्दछन् । आज हामी तपाईंलाई संसारका यस्तो जुत्ता बारे जानकारी दिँदै छौं जुन अहिलेसम्मकै महँगो साबित भए ।

    ब्रोन्ज एयर जोर्डन्स

    यो जुत्ता वास्तवमा एक मूर्ती हो जसलाई अमेरिकाका मूर्तीकार म्याथ्यू सेन्नाले बनाएका थिए । शुद्ध तामाको प्रयोग गरेर यस्ता जुत्ता तीनवटा मात्र बनाइएका थिए । हरेकको मूल्य २.२ लाख रुपैयाँ राखिएको थियो ।

    गोल्ड नाइक डङ्क्सः

    यो जुत्ता पहिले त्यति महँगो थिएन तर केनेथ कोर्टनी नामकी एक कलाकारले यसलाई सुनमा डुबाइन् त्यसपछि यो यति धैरै महँगो भयो । अब यो जुत्तामा सुनको एक पत्र लागेको छ । यसको मूल्य ५ हजार ४ सय ५ डलर तोकिएको छ ।

    एयर जोर्डन ११ ब्ल्याकआउटः

    सन् २०१२ मा सार्वजनिक भएको यो जुत्ताको मूल्य ११ हजार अमेरिकी डलर (११ लाख ४५ हजार रुपैयाँ ) तोकिएको थियो । यो आफ्नो समयको सबैभन्दा महँगो जुत्ता थियो ।

    एयर जोर्डन १०ः

    क्यानडाका गायक ड्रेकलाई एयर जोर्डन १० र एयर जोर्डन १२ सँग सम्बन्ध स्थापित गरेकोमा उपहारको रुपमा यो जुत्ता प्रदान गरिएको थियो । यसलाई ड्रेकले स्टेडियममा बसेका एक अपरिचितलाई उपहार दिए । पछि उनले उक्त जुत्तालाई २० लाख रुपैयाँमा बेचेका थिए । योभन्दा पहिले यो जुत्ता त्यति महँगो थिएन ।

    एयर जोर्डन टु १९८६ ओजीः

    २० वर्ष पहिले बनेको यो जुत्तामा इटालियन छालाको प्रयोग गरिएको थियो र भित्रका सामान निकै सस्तो र टिकाउ हालिएका थिए । त्यो जमानामा यो जुत्ता सस्तो थियो तर आज ती जुत्ताको मूल्य ३२ लाख रुपैयाँ पर्छ ।

    नाइक एयर म्याक्सः

    यो जुत्ता तपाईंले हलिउड फिल्म Back to the Future: Part II मा पक्कै पनि देख्नुभएको होला । नाइकले १५ सयवटा जुत्ता बनाएको यो र जुत्ताको बिक्रिबाट आएको रकम च्यारिटीमा दिइएको थियो । यो जुत्ताको सोलमा बत्ती राखिएको छ र एक ३ हजार घण्टासम्म चार्ज हुने रिचार्जएबल ब्याट्रि राखिएको छ । यसको मूल्य ३८ लाख रुपैयाँभन्दा बढि पर्छ ।

    नाइक डाइमन्ड एयरफोर्स वान सोकारः

    बिग बोइ नामका गायकले आफ्नो लागि यो जुत्ता बनाएका थिए । यो जुत्ता यसकारण महँगो छ किनभने यसको लोगोलाई ११ कयारेटको हिराले कोरिएको छ । यसको मूल्य ५२ लाख रुपैयाँ तोकिएको छ ।

    एयर जोर्डन १२ः

    क्यानाडेली गायक ड्रेकले एयर जोर्डन १० स्टेडियममा बसेकालाई उपहार दिएजस्तै यो जुत्ता पनि स्टेडियममै बसेकी एक महिलालाई उपहारस्वरुप दिइएको थियो । उनले पनि यो जुत्ता अनलाइनमा बिक्रि गरिन् । तर यसपटक यो जुत्ता पाँच गुणा महँगो अर्थात् १ करोड ४ लाखमा बिक्रि भयो ।

    माइकल जोर्डन– एयर जोर्डन १२ः

    कालो र रातो मिश्रणको यो जुत्ता अमेरिकी बास्केटबल स्टार माइकल जोर्डनले सन् १९९७ मा अन्तिम खेलको क्रममा लगाएका थिए । यो खेल यसकारण विशेष थियो किनभने जोर्डनलाई फ्लू भएपछि उनले आफ्नो टिमका लागि ३८ पोइन्ट्स लिएर टिमलाई जिताएका थिए । यो खेलपछि यो जुत्ता लिलामीमा राखिएको थियो जुन १ करोड ८० लाखमा बिक्रि भएको थियो ।

    नाइक एयर यजी टु रेड अक्टोबरः

    अमेरिकी गायक कान्ये वेस्टले नाइकसँग मिलेर यो जुत्ताको डिजाइन गरेका थिए । अनलाईन लिलामीको क्रममा यो जुत्ता १ अर्ब ७७ करोडमा बिक्रि भएको थियो । एजेन्सी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij