शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

यस्ता सामान्य गल्तीले कम्प्युटरमा समस्या

  • प्रकाशित मिति : बुधबार, चैत्र १६, २०७३



  • कम्प्युटर प्रयोगकर्ताले सामना गर्ने धेरै समस्याहरूमध्ये डिस्प्ले नदेखिने पनि एक हो । यस्ता कतिपय सामान्य समस्या समाधान गर्ने तरिका थाहा नपाउँदा ठूलै तनाव व्यहोर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा हामीले गर्ने सामान्य लापरबाही तथा असावधानीले यस्तो समस्या देखिन सक्छ । दैनिक प्रयोग गर्दै आएको कम्प्युटरको मोनिटरमा डिस्प्ले नआउनुका कारण यस्ता हुन सक्छन् :

    कम्प्युटरको मोडेलअनुसार कुनै कम्प्युटरमा दुई–तीनवटा डिस्प्ले पोर्ट हुन्छ । मोडेलअनुसार ग्राफिक्स कार्ड, भिजिए पोर्ट छ भने ग्राफिक्स कार्डको पोर्टमा मोनिटरको  लाइन जोड्नुपर्छ ।

    कहिलेकाहीँ मोनिटरको लाइन सिपियूमा कनेक्ट नहुँदा पनि डिस्प्ले नआएको हुन सक्छ । मोनिटरमा डिस्प्ले नदेखिएमा कम्प्युटर र मोनिटरमा इलेक्ट्रिक लाइन आएको छ÷छैन, चेक गर्नुपर्छ ।

    कम्प्युटर अन गर्दा स्ट्याटस विन्डो डिस्प्ले देखाउँछ भने मोनिटर ठीक छ भन्ने बुझिन्छ । यस्तो डिस्प्ले नदेखाउँदा मोनिटरको मेनु बटन, पावर बटन एकपटक थिच्ने । यो थिच्दा अब स्ट्याटस विन्डो डिस्प्ले देखायो भने मोनिटरमा समस्या छैन र भिडियो केबल, सिपियूमा समस्या छ भन्ने बुझिन्छ ।

    मोनिटरको ब्राइटनेस, कन्ट्र्यान्स लेभल पनि चेक गर्नुपर्छ । स्क्रिन डार्क छ भने पनि डिस्प्ले देखिँदैन । स्क्रिनसेभर वा स्लिप मोडमा गएको छ भने पनि डिस्प्ले नदेखिन सक्छ । यस्तो वेलामा माउस चलाएर वा किबोर्डमा जुनसुकै की थिचेर हेर्न सकिन्छ

    माउस र किबोर्डको पोर्ट राम्रोसँग जडान भएको छ÷छैन, चेक गर्ने । पिएस टु छ भने एकपटक निकालेर पुनः त्यही पोर्टमा जडान गर्दा हुन्छ । युएसबी छ भने अन्य पोर्टमा पनि ट्राई गर्ने ।
    माउसमा लाइट आएन भने यसले काम नगरेको भन्ने बुझिन्छ । माउस परिवर्तन गर्नुपर्ने हुन्छ ।
    नम लक, क्याप्स लक थिच्दा बत्ती बलेन भने किबोर्डले काम नगरेको भन्ने थाहा हुन्छ । यस्तो समस्या आएमा पनि किबोर्ड नै परिवर्तन गर्नुपर्छ ।
    वायरलेस किबोर्ड र माउस छ भने त्यसको ब्याट्री परिवर्तन गरेर परीक्षण गर्ने ।

    नयाँ पत्रिकाबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij