शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

आज रामनवमी : हलेसीमा मेला, दर्शनार्थीको घुइँचो

  • प्रकाशित मिति : बुधबार, चैत्र २३, २०७३



  • खोटाङ । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा पूजाआजा गर्ने दर्शनार्थीको भीड लागेको छ । रामनवमीको अवसरमा १५ दिनसम्म लाग्ने मेला भर्न र दर्शन गर्न आउने दर्शनार्थीको आज बिहानैदेखि बाक्लो भीड लागेको हो ।

    मेलामा नेपालका सबै जिल्ला तथा छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरियालगायतका हजारौँ दर्शनार्थीको उपस्थिति रहेको छ । हिन्दू, बौद्ध र किरातधर्मावलम्बीको सङ्गमस्थल मानिने हलेसीमा यस वर्ष दर्शनार्थीको सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि भएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले जानकारी दिए ।

    उदयपुर र ओखलढुङ्गाको सिमानामा पर्ने सुनकोसी नदीमा पक्की पुल तथा खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोसीमा अस्थायी बेलीब्रीज सञ्चालनमा रहेकाले हलेसी आउने दर्शनार्थीको सङ्ख्या दोब्बर वृद्धि भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले बताए ।

    “हलेसीसम्मको सिधा यातायात जोडिएपछि काठमाडौँ, धरान, विराटनगर, जनकपुरधाम, पोखरालगायतका दर्शनार्थी सिधै गाडी रिजर्भ गरेर आएका छन्,” उनले भने, “दर्शनार्थीको बाक्लो भीड रहेकाले मेलालाई व्यवस्थित पार्न स्वयम्सेवक परिचालन गरिएको छ ।”

    मेला अवधिभर अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीको टोली समेत परिचालन गरिएको छ । हलेसीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ मेलामा लाग्ने भीडभाडलाई सुरक्षाकर्मीले व्यवस्थित गरिरहेका छन् ।

    धार्मिक तथा सांस्कृतिकरुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास छ । हलेसीमा महादेवगुफा, धर्मद्वार, पापद्वार, बसाहागुफा, भैरवगुफा, दुंदेलोगुफालगायत धार्मिक तथा पर्यटकीयस्थल अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकका साथै पूजाआजा गर्न भक्तजन आउने गरेका छन् ।

    हलेसीमा रामनवमी, शिवरात्रि, बालाचतुर्दशी, हरितालिका तिज, बोलबमलगायतमा ठूलो मेला लाग्ने गरेको छ । तराईसँगको सिधा यातायात जोडिएपछि हलेसीमा अन्य समयमा पनि उत्तिकै मात्रामा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ ।

    यसैबीच, रामनवमीको अवसरमा जिल्लाको पर्यटकीयस्थल बराहापोखरी, ट्याम्के, दिक्तेलको मझुवागढीस्थित कालिका मन्दिरलगायतमा समेत ठूलो मेला लागेको छ । हलेसीबाहेक अन्य ठाउँमा एकदिने मेला लाग्ने गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij