आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सिरिया हमलापछि अब कोरिया निशानामा ? : कोरियाको समुद्रमा अमेरिकाले पठायो युद्ध जहाज

  • प्रकाशित मिति : आइतवार, चैत्र २७, २०७३



  • वासिङटन ।  उत्तर कोरियाले परमाणु र क्षेप्यास्त्र कार्यक्रमलाई अघि बढाइराख्दा अमेरिकी सेनाले युद्ध जहाजहरु कोरियन पेनिनसुलामा पठाउन निर्देशन दिएको छ ।

    कार्ल भिजन स्ट्राइक ग्रुप नामक युद्ध जहाजहरुको समूहमा एउटा विमान बोक्ने जहाजसहित अन्य युद्ध जहाजहरु रहेका छन् ।

    अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमाण्डले त्यस क्षेत्रमा आउनसक्ने स्थितिको तयारीको लागि जहाजहरु पठाइएको बताएको छ ।


    यअसघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको परमाणु चुनौतीसँग अमेरिका एक्लै भिड्न सक्षम रहेको बताएका थिए ।

    ‘त्यस क्षेत्रको सबैभन्दा ठूलो चुनौती भनेको उत्तर कोरिया नै रहेको छ । अनुत्तरदायी परमाणु कार्यक्रम र क्षेप्यास्त्र परिक्षणले उत्तर कोरिया ठूलो चुनौती बनेको छ,’ अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमाण्डका प्रवक्ता डेभ बेनहामले भने ।


    युद्ध जहाजहरुको समूह यसअघि अस्ट्रेलियामा पुग्ने बताइएपनि सिंगापुरबाट त्यसको दिशा परिवर्तन गरेर पश्चिमी प्रशान्त क्षेत्रमा पठाइएको छ ।

    ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिनपिङको भेटको पूर्वसन्ध्या बुधबार मात्र उत्तरले जापानको समुद्रमा क्षेप्यास्त्र प्रहार गरेको थियो ।


    यता, उत्तर कोरियाले भने सिरियामा अमेरिकी आक्रमणले आफूहरुले परमाणु कार्यक्रमलाई अघि बढाउनु सही भएको पुष्टि गरेको बताएको छ ।

    उत्तरको राष्ट्रिय मिडियाले शुक्रबार एक सरकारी प्रवक्तालाई उद्धृत गर्दै सिरियामाथि भएको अमेरिकी आक्रमणको निन्दा गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij