प्रकाशित मिति : सोमवार, चैत्र २८, २०७३
न्युयोर्क । ६ वर्षअघि ओसामा विन लादेनमाथि तीनवटा गोली प्रहार गर्ने पूर्व नेवी सिल कमान्डोले अलकायदाका पूर्व प्रमुखको मृत्युको बारेमा नयाँ जानकारी दिएका छन् ।
रोबर्ट ओ’निलको दाबी छ, उनले लादेनको टाउकोमा तीनवटा गोली प्रहार गरेका थिए । जसले गर्दा उनले टाउको नै फुटेको थियो ।
जब शवको पहिचना गर्न पर्यो, त्यतिबेला उनको फुटेको टाउको फेरि जोडिएको थियो ।

समाचार एजेन्सीका अनुसार रोबर्टको नयाँ पुस्तक ‘द अपरेटर : फायरिङ द सट्स द्याट किल्ड विन लादेन’ बजारमा आएको छ । यसमा उनले लादेनको बारेमा नयाँ खुलासा गरेका छन् ।
लादेनलाई मार्न गरिएको अपरेशनको बारेमा यसअघि नै किताब आइसकेको छ ।
ओ’निलको दाबी छ कि उनकै गोलीबाट लादेनको मृत्यु भएको थियो । पूर्व सिल कमाण्डोका अनुसार उनले केही मिटर टाढाबाट लादेनको टाउकोमा तीनवटा गोली हानेका थिए ।
पाकिस्तानको एबटाबादको एक भवनमा २ मे, २०११ मा अमेरिकी नेवी सिलको कमाण्डोद्वारा गरिएको कारवाहीमा लादेन मारिएका थिए ।
लादेनविरद्धको अपरेशनमा आधारित रहेर डार्क जिरो थर्टिी नामक चलचित्र पनि बनेको थियो । यसका लागि पनि ओ’निलले नै जानकारी दिएका थिए ।
ओ’निलका अनुसार जब उनीहरु लादेनको कम्पाण्डको खोजी गरिरहेका थिए । लादेनका छोरा खालिद एके–४७ राइफलसँग आएका थिए । उनले सीलमाथि लगातार गोली वर्साइरहे । पछि, उनलाई पनि गोली लागेपछि ढलेका थिए ।
घरमा लादेन तीन पत्नी र १७ छोराछोरीसँग बसिरहेका थिए ।
उनले दिएको जानकारीमा लादेन तेस्रो तल्लामा लुकेर बसेका थिए । तर, कमाण्डोलाई डर थियो, लादेनले सुसाइड बेल्ट लगाएका छन् र ब्लास्ट गर्न सक्छन् ।
रोबर्टका अनुसार एउटा कोठामा एक महिला रोइरहेको आवाज अइरहेको थियो, त्यहाँ पुग्दा लादेनलाई उनलाई ढाल बनाएर बसिरहेका थिए ।
‘मैले एक पल पनि नगुमाएर लादेनलाई निशाना बनाएर दुई गोली चलाएँ । उसको टाउको फुट्यो र ऊ ढल्यो । त्यसपछि मैले अर्को गोली उसको टाउकोमा हाने । त्यसपछि मलाई लाग्यो, अब चाहीँ लादेन मरे,’ उनले भनेका छन् ।
ओनिलका अनुसार यो अपरेशन ९० मिनेट चलेको थियो ।
यसअघि अर्का नेवी सील मार्क विसोनेटले लादेनबारे किताब लेखेका थिए । उनले गोप्य तथ्य बाहिर ल्याएको भन्दै उनीमाथि कारवाही समेत भएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij