प्रकाशित मिति : सोमवार, चैत्र २८, २०७३
बर्ष ०७३ मा पनि नेपाली चलचित्रले खासै ब्यवसाहिक फड्को मार्न सकेन । अघिल्लो बर्षको तुलनामा चलचित्र बजारमा बिदेशी चलचित्रको प्रभाव कम देखिए । तै पनि प्रदर्शनमा आएका धेरै चलचित्र असफल बने । केहीले लगानी मात्र सुरक्षित गर्न सकेको देखियो भने केही चलचित्रले राम्रो ब्यवसाय गर्यो । यो बर्ष राम्रो ब्यवसाय गर्ने उत्कृष्ट तीन चलचित्रको नाम लिनुपर्दा ‘छक्का पन्जा’, ‘जात्रा’ र ‘लुट–२’ अगाडि आउँछन् । यी तीन चलचित्रको चर्चा यहाँ गर्न खोजिएको छ ।
‘छक्का पन्जा’
नेपाली चलचित्रका दर्शक छैनन् भन्नेलाई ‘छक्का पन्जा’ गतिलो जवाफ दिएको छ । चलचित्रले १६ करोड माथीको ब्यवसाय गरेर बर्षकै उत्कृष्ट बन्न सफल रह्यो । चलचित्रले सिग्गल थिएटर र मल्टिप्लेक्स सबैतिर राम्रो दर्शक पाएको थियो ।
हाँस्य अभिनेत्री दीपाश्री निरौलाको डेब्यु निर्देशन रहेको चलचित्र उनैले, दीपकराज गिरी, निर्मल शर्मा लगायत कलाकारसँग मिलेर बनाएकी हुन् । चलचित्र दिपक राज गिरी, प्रियंका कार्की, जितु नेपाल, शिवहरी पौडेल, वुद्धी तामाङ, नम्रता सापकोटा, बर्षा राउत लगायतका कलाकारको समेत अभिनय रहेको थियो । चलचित्रको एक गीत ‘पुर्व पश्चिम रेल’ले यु–ट्युवमा राम्रो दर्शक पाएको छ ।
‘लुट–२’
‘लुट–२’ले ८ करोड भन्दा माथिको ब्यवसाय गरेको बितरक समेत रहेका चलचित्रका निर्माता माधव वाग्लेले बताए । सौगात मल्ल, दयाहाङ राई, ऋचा शर्मा, कर्मा शाक्य, कामेश्वर चौरासिया लगायतको मुख्य भूमिका रहेको यो चलचित्रले ओपनिङ ब्यवसाय निकै धमाकेदार गरेको थियो । तर केही दिन पछि त्यसको रफ्तार समाउन सकेन । सफल चलचित्र ‘लुट’को सिक्वेलको रुपमा निर्माण भएको यो चलचित्र निश्चल बस्नेतले निर्देशन गरेका हुन् ।
चलचित्रको आइट गीत ‘ठमेल बजार’ले भने निकै बजार तताएको थिष्यो । यो गतिको चर्चा अहिले पनि त्यतिकै छ । यो गीतको आइटम गीत मार्फत चर्चा कमाएपछि एलिसा राई अहिले निकै ब्यस्त कलाकार बनेकी छन् ।
‘जात्रा’
‘जात्रा’ प्रदीप भट्टराईको निर्देशनमा बनेको नेपाली चलचित्र हो । यो वर्ष राम्रो व्यापार गर्ने चलचित्र मध्य यो पनि अग्र पंतिमा आउछ । कमेडी जनरामा बनेको योचलचित्रले तीन करोड भन्दा माथिको ब्यवसाय गरेको बताइएको छ ।
केही चलचित्र भवनमा ५१ औं दिन मनाउन सफल यो चलचित्र सिंगे लामा र यादव पौड्यालले निर्माण गरेका हुन् । चलचित्रमा विपिन कार्की, वर्षा राउत, रबिन्द्र सिंह बानीया, रबिन्द्र झा, प्रियंका झा लगायकातको मुख्य भूमिका रहेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij