प्रकाशित मिति : सोमवार, चैत्र २८, २०७३
टोरोन्टो । प्रबासी नेपाली मंच, क्यानाडाको प्रथम रास्ट्रिय अधिवेसन आईतवार क्यानाडाको टोरोण्टो शहरमा सम्पन्न भएको छ । अधिबेशनमा टोरोन्टोमा रहेका नेपाली समुदायका झन्डै १ दर्जन संघ सस्थाहहरुको सहभागिता रहेको थियो ।
एमाले अध्यक्ष केपि ओलीले लिखित शुभकामना मनतव्य पठाएका थिए । ओलीले शुभकामना शन्देशमा नेपालको राजनैतिक परिर्वतन र लोकतन्त्र तर्फको यात्रामा प्रवासी नेपालीहरुको साथ सहयोग अनुपम रहेको र देस विदेश जहाँ रहे पनि गर्वका साथ नेपाली हु भन्ने भावनाको प्रशंसा गरेका छन । अधिवेशन सफलताको शुभकामना पत्रमा ओलीले आउदै गरेको स्थानिय तहको निर्वाचका लागि देश र्फकन समेत आह्वान गरेका छन ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा प्रवासी नेपालि मञ्च अमेरिकाका निवर्तमान अध्यक्ष संजय थापाले पानसमा बत्ति बालेर अधिवेशनको उद्द्घाट्न गरेका थिए ।
अधिवेशनको बन्दशत्रले ५१ सदस्यीय नया केन्द्रीय कमिटिको निर्बिरोध चयन गरेको छ । रमेश कुमार थापाको अध्यक्षतामा बनेको कमिटीको उपाध्यक्षहरुमा पशुपति पोखरेल, कुसुम ज्ञावाली, रविन्द्र घिमिरे रहेका छन भने महासचिवमा विश्वम्भर घिमिरे सचिवमा वेदनिधी गौतम, सुवास गिरी, सुजता गुरुङ चयन भएका छन भने कोषध्यक्षमा शान्तराम सापकोटा चयन भएका छन ।
प्रवासी नेपाली मञ्च एमाले निकट प्रवासीहरुको विश्व भरी फैलिएको संगठा हो । यसलाई एमालेले आफ्नो जिल्ला कमिटी सो सरहको मान्यता दिएको नव निर्वाचित कमिटीका महासचिवमा विश्वम्भर घिमिरले जानकारी दिएका छन । कमिटीको कार्यकाल ४ बर्षको हुने छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij