आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतमा उपचाररत संसारकै सबैभन्दा मोटी महिलाकी बहिनीको दाबीः डाक्टरले आँखामा छारो हालिरहेछन्

  • प्रकाशित मिति : मङ्लबार, बैशाख १२, २०७४



  • एजेन्सी

    संसारकी सबैभन्दा मोटी महिला इमान अहमद अब्लुलातीकी बहिनीले डाक्टरमाथि आरोप लगाएकी छिन् । ५ सय किलोकी इमान मुम्बईको सैफी अस्पतालमा उपचार गराइरहेकी छिन् । उनकी बहिनी सायमा सेलिमले भनिन्, ‘डा. मफुज्जल लकडावाला झुट बोलिरहेका छन् । उनले हामीलाई मूर्ख बनाइरहेका छन् । उनले इमानको स्वास्थ्य र उनी ठिक हुनेबारे सही जानकारी दिएका छैनन् । मेरो दिदिको स्थितीमा केही परिवर्तन आएका छैन । ’ यद्यपी डा. लकडावालाले उक्त आरोप खारेज गरेका छन् । इमानको उपचार लकडावालाको रेखदेखमा भइरहेको छ ।

    समाचार एजेन्सीका अनुसार डा. लकडावालाले सायमाको आरोप गलत बताएका छन् । लकडावालाले भने, ‘इमान अहिले ठिक छिन् । उनको स्थिती लगातार सुधारोन्मुख छ । अब उनको न्यूरोलोजिकल स्थितीबारे जानकारी लिनका लागि सिटी स्क्यान गरिनेछ । सायमाले यो विवाद यसकारण निम्त्याएकी छिन् किनभने उनी आर्थिक कारणले दिदिलाई इजिप्ट फिर्ता लान चाहन्नन् ।’

    ‘वास्तवमा इमानको उपचार सुरु भएको १५ दिनसम्म सबै कुरा ठिक थियो तर जब इमान ठिक हुन थालिन् र हामीले सायमालाई आफ्नी दिदीलाई घर लाने सल्लाह दिइयो तब उनी नाटक देखाउन थालिन् । जब हामी इमानलाई वार्डबाट सिटी स्क्यान रुमसम्म लैजान्छौं तब उनीमा आएको परिवर्तनबारे सबैले देख्न सक्छन् । यसमार्फत सायमाको दाबीको सच्चाई पनि पत्ता लाग्छ ।’

    भइसक्यो ३ सय  २७ किलो तौल कमः

    – इजिप्टकी ३६ वर्षीया इमानको दुई महिनामा ३ सय २७ किलो तौल कम भएको छ । उनी अब १ सय ७३ किलो भइसकेकी छिन् । सोमबार सैफी अस्पतालको तर्फबाट जारी बयानमा यो जानकारी दिइयो । ओबेसिटी सर्जन डा. लकडावाला भन्छिन्, ‘इमान चमत्कारिक रुपले ठिक भइरहेकी छिन् किनभने हामीले ६ महिनामा करिब २ सय किलो तौल घट्ने आशा राखेका थियौं । तौल घटेकाले उनको स्थितीमा आफैं सुधार आइरहेको छ । उनको मुटु, मृगौला र फोक्सोले राम्रोसँग काम गरिरहेको छ । उनको पानीको मात्रा पनि नियन्त्रण भित्रै छ । ’

    बहिनीको भिडियो सार्वजनिकः

    इमानकी बहिनी सायमाको एक भिडियो सार्वजनिक भएको छ जसमा उनी उपचारमा लागेका डाक्टरले हतार गरिरहेको आरोप लगाएकी छिन् । भिडियो अरबी भाषमा अंग्रेजी सबटाइटलसँगै राखिएको छ । यसमा सायमा भनिरहेकी छिन्, ‘इमानको स्थिती अहिले नाजुक छ । मुम्बई आएपछि उनको शरिरको तल्लो भाग निलो भएको छ र उनले दोस्रो स्ट्रोकको सामना गर्नुपर्यो । ’

    डाक्टरले अरु के भने ?

    इमानकी बहिनीको आरोपमा अस्पतालले एक बयान जारी गर्दै भने, ‘इमानको उपचार एक लामो प्रक्रिया हो । डाक्टरको पूरा समूह दिन–रात उनको लागि कोसिस गरिरहेको छ । ’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij