प्रकाशित मिति : सोमवार, बैशाख १८, २०७४
बेरुत ।सिरियाको तब्का सहरको ८० प्रतिशत अमेरिकाको समर्थन रहेको सेनाले कब्जा गरेको छ ।
सो सहर इस्लामिक स्टेट समूहको कब्जा रहेको थियो । करिब एक हप्ता आगाडि सो सहरमा प्रवेश गरेका अमेरिका समर्थन रहेको सिरियन डेमोक्र्याटिक फोसेस ९एसडिएफ० ले सो सहरको ८० प्रतिशत भागमा कब्जामा लिएको सोमबार मानव अधिकारवादी समूहले जानकारी दिएको छ ।
ऐतिहासिक सहर तब्का सिरियाको राका सरहबाट ५५ किलोमिटर उत्तरमा रहेको छ । आइएस लडाकूको कब्जामा रहेको तक्का सहर एसडिएफले अहिले ८० प्रतिशत भन्दा बढी कब्जामा लिएको सिरियन अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले जनाकारी दिनुभएको छ । एसडिएफ अरब र कुर्दिस सेना संयुक्तरुपमा रहेका छन् ।
सिरियामा सन् २०११ को मार्च महिनाबाट त्यहाँका राष्ट्रपति बसार अल असदको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपश्चायत् गृहयुद्धमा परिणत भएको थियो । सो गृहयुद्धमा अल कायदा र इस्लामिक स्टेट जस्ता आतङ्ककारी समूहरु हाबी हुँदै गयो ।
सन् २०११ देखि हालसम्म सिरियामा जारी द्वन्द्वमा परी तीन लाख २० हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । त्यसैगरी यस द्वन्द्वमा परी लाखौँ व्यक्ति घाइते भएका छन् । लाखौंले आफ्नो घर छोडी देश र विदेशमा शरणार्थी जीवन विताउन बाध्य भएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij