सोमवार, भदौ १, २०८३ | Monday 17th August 2026

सासू र छोरीसहित ‘बाहुबली टु’ हेर्न पुगिन् हिमानी

  • प्रकाशित मिति : आइतवार, बैशाख २४, २०७४



  • काठमाडौं, बैशाख २३ – पूर्व युवराज्ञी हिमानी शाह सासू कोमल शाह र छोरी पूर्णीकासँग ‘बाहुबली टु’ हेर्न हलसम्म पुगेकी छिन् ।

    शुक्रबार बेलुका विकेन्ड मनाउने हिसाबले  हिमानी सुन्धारास्थित सिटिसी मलमा उक्त फिल्म हेर्न पुगेकी हुन् ।

    विश्वव्यापी रुपमा निकै चर्चा बटुलिरहेको उक्त फिल्मको नेपालमा पनि ठूलै क्रेज छ । यसबाट पूर्व शाही खानदान पनि अछुतो रहन सकेन ।

    फिल्म हेर्न उनीहरुले पूरै शो नै बुक गरेका थिए वा अन्य दर्शकसँगै बसेर फिल्म हेरे त्यो भने स्पष्ट हुन सकेको छैन ।

    पूर्व शाही परिवार फिल्म हेर्न हलसम्मै पुगेको खबर योभन्दा पहिले सार्वजनिक भएको छैन ।

    विश्वभरी ९ हजार स्क्रिनमा गत शुक्रबार रिलिज भएको यो चलचित्रले एक हप्ताभित्रै ८ सय ६० करोड भारुको कमाई गरेसँगै भारतीय सिनेमाको नम्बर १ ‘ब्लकबस्टर’ बनेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij