मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

निर्वाचनमा शिक्षक र कर्मचारी परिचालन

  • प्रकाशित मिति : बिहिबार, बैशाख २८, २०७४



  • बाबियाचौर म्याग्दी । आइतबार हुने स्थानीय तह निर्वाचनका लागि म्याग्दीका सबै मतदान केन्द्रमा बुधबारदेखि कर्मचारी र सुरक्षाकर्मी परिचालन भएका छन् ।

    प्रत्येक मतदान केन्द्रमा पाँचजनाका दरले कर्मचारी, दुईजना स्वयम्सेवकका साथै सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र म्यादी प्रहरी परिचालन भएका हुन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ५१० जना निजामती कर्मचारी र शिक्षक मतदान गराउनका लागि खटिएका छन् ।

    निर्वाचनसम्बन्धी सबै किसिमका सामग्रीसहित केन्द्रमा पुगेका कर्मचारी र सुरक्षाकर्मीले निर्वाचनको तयारी गरेका जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताए । उनका अनुसार बिहीबारदेखि मतदान केन्द्रबाट परिचयपत्र वितरण गर्ने कार्यक्रम छ ।

    एक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई सहायक कर्मचारी, एक सहयोगी र दुईजना स्वयम्सेवक परिचालन गरेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन विशेष सुरक्षा योजना लागू गरेर उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

    मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेराको सुरक्षामा नेपाली सेना परिचालन हुने भएको छ । मतदानस्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील वर्गमा विभाजन गरेर सुरक्षा व्यवस्था मिलाइएको प्रहरी नायब उपरीक्षक वसुन्धरा खड्काले बताए । म्यादी प्रहरीले लाइन र भीड व्यवस्थापनको काम गर्ने भएका छन् ।

    यसैबीच, मतदान गर्नका लागि गाउँ फर्कनेको सार्वजनिक सवारीसाधनमा चाप बढेको छ । बेनी, पोखरा, काठमाडौँ, चितवनलगायत ठाउँमा बस्दै आएका सर्वसाधारण आफ्नो नामावली रहेको ठाउँबाट मतदान गर्नका लागि गाउँ फर्कने क्रम बढेको हो ।

    पहिलो पटक हुन लागेको स्थानीय तह निर्वाचनको पर्व झैँ रौनक देखिएको छ । अधिकारसम्पन्न स्थानीय तहमा जनप्रतिनिधि चयन गर्नका लागि हुन लागेको निर्वाचनप्रति आम सर्वसाधारणको चासो र उत्सुकता बढेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij