शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

अब नक्सापासमा हस्ताक्षर अनलाइनबाटै

  • प्रकाशित मिति : बिहिबार, बैशाख २८, २०७४



  • काठमाडौं । नागरिकलाई थप सुविधा दिनका लागि काठमाडौँ महानगरपालिकाले अनलाइनबाटै नक्सामा हस्ताक्षर गर्ने भएको छ ।

    गत साउनदेखि नै अनलाइनबाट नक्साको काम हुने गरेको भएपनि नक्सा पास गर्नेको हस्ताक्षर भने हातले गर्नुपर्ने थियो । अन्य प्रक्रिया पूरा भएपछि नक्सा पास गर्ने व्यक्तिले हातले हस्ताक्षर गर्नुपर्ने अवस्था रहेकोमा अब त्यस किसिमको अवस्था नआउने कामपाका इन्जिनियर राम थापाले जानकारी दिए ।

    यस व्यवस्थासँगै नगरवासीलाई थप सुविधा पुग्ने विश्वास कामपाले लिएको छ । यसभन्दा अघि नक्सा पासको सबै काम अनलाइनबाट भएपनि हस्ताक्षर हातले गरिने हुँदा अन्तिम समयसम्ममा नक्सा पास गराउने व्यक्ति कामपामा धाउनुपर्ने थियो, अब नगरवासी यस किसिमको झन्झटबाट मुक्त भएका छन् ।

    घरबाट नै नक्सा पासका लागि दर्ता गर्न र पास भएको नक्सा लिन पाउनेछन् ।

    थापाका अनुसार यो प्रक्रिया अघि बढाउनका लागि नीतिगत निर्णय भइसकेको छ । केही प्राविधिक समस्या समाधान हुने बित्तिकै छिट्टै काम सुरु हुन्छ ।

    यससँगै कामपाले भवन निर्माणका लागि महानगरमा आएर नक्सा पास गर्ने र नक्साअनुरुप निर्माण कार्य नगर्ने पाएपछि नियमित अनुगमनका लागि आफ्ना इन्जिनियरलाई नै हरेक दिन निर्माणस्थलमा खटाउन सुरु गरेको छ ।

    यसरी निर्माणको समयमा नक्सा विपरीत काम भएको पाइएमा तत्काल रोक्ने तथा अन्य कारबाहीको प्रक्रियाअघि बढाइने कामपाले नगरवासीलाई चेतावनी दिएको छ । (रासस)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij