आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ब्राजिलमा जिका भाइरसको संक्रमण पूर्ण रुपमा निर्मूल

  • प्रकाशित मिति : शुक्रबार, बैशाख २९, २०७४



  • रियो । ब्राजिलमा जिका भाइरसको संक्रमण पूर्णरुपमा निर्मूल भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

    ब्राजिलमा गत बर्ष ९५ प्रतिशतको हाराहारीमा देखापरेको जिका भाइरसको संक्रमण अब पूर्णतः नष्ट भएको बताइएको छ । ब्राजिलमा पहिलो पटक देखा परेको सो भाइरसको संक्रमण विश्वका ३० अफ्रिकी मुलुकमा फैलिएको थियो ।

    ब्राजिलमा मात्रै सो भाइरसका कारण सयभन्दा बढीको मृत्यु भएको थियो । लामखुट्टेबाट सर्ने जिका भाइरसको संक्रमण विशेष गरी गर्भवती महिला र नवजात शिशुहरुमा हुने गरेको थियो ।

    यसअघि विश्व स्वास्थ्य संगठनले नयाँ रोगको रुपमा देखा परेको जिका भाइरस विश्वका थुप्रै मुलुकमा फैलन सक्ने भन्दै सतर्क रहन केही बर्षका लागि बच्चा नजन्माउन सचेत समेत तुल्याएको थियो ।

    जिका रोगमा हल्का ज्वरो आउने, आँखामा संक्रमण हुने र टाउको दुख्ने लक्षण देखा पर्नुका साथै नवजात शिशु सुस्त मनस्थितिको हुने गरेको थियो । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij