आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

युवतीले ५४ वर्षीया धर्मगुरुको लिंग नै काटिदिएपछि अस्पताल भर्ना

  • प्रकाशित मिति : आइतवार, जेष्ठ ७, २०७४



  • काठमाडौं । १६ वर्षको उमेरदेखि यौन शोषणमा रहेकी एक भारतीय युवतीले पटक–पटक बलात्कार गरेर यौन शोषण गरेपछि ५४ वर्षीया बृद्ध धर्मगुरुको लिंग नै काटिदिएकी छिन् । ती धर्मगुरुलाई अहिले अस्पताल भर्ना गरीएको छ ।

    भारतको केरलास्थित तिरुवनन्तपुरममा श्रीहरी नामले चिनिने गणेशानन्द तीर्थपदा पारिवारिक धर्मगुरुले पटक पटक बलात्कार गरेपछि उचित मौका पारेर लिंग नै काटिदिएको पीडित युवतीले बताएकी छिन् ।

    तिरुवनन्तपुरम प्रहरी कार्यालयमा यस घटना उजुरी परेपछि केरलाका मूख्यमन्त्री पी.विजयनले ती युवतीको तारिफ गर्दै साहसिक कार्य गरेको बताए ।

    त्यस्तै, अहिले ती युवतीको कार्यलाई महिलावादीहरुले हिम्मतवाला काम गरेको भन्दै सर्मथन गरेका छन् र धर्मगुरुलाई तत्काल पक्राउ गरी कारवाही गर्न मागसमेत गरेका छन् ।

    ती पीडित युवतीले आफु १६ वर्षको हुँदादेखि गुरुले यौन शोषण गर्दै आएपनि परिवारलाई भन्दा नपत्याउने डरले गर्दा त्यस्तो गर्नु परेको प्रहरीमा बयान दिएकी छिन् । उनले प्रहरीलाई दिएको जानकारीअनुसार शनिबार (हिजो) घरमा कोही नभएको मौका पारी गुरुले बलात्कार गर्ने कोशिस गरेपछि उनले लिंग काटिदिएकी हुन् ।

    अहिले श्रीहरी गुरुलाई तिरुवनन्तपुरम मेडिकल कलेजमा भर्ना गरिएको छ । अस्पतालले उनको लिंग पुनः प्रत्यारोपण गर्न नसकिने र स्वास्थ्य सामान्य रहेको उल्लेख गरेको छ । प्रहरीले अस्पतालमा लिइएको बयानमा श्रीहरीले आफुलाई लिंगको कुनै आवश्यकता नभएकोले आफैले काटेको बताएका छन् ।

    प्रहरीले उनी पनमना आश्रमका सदस्य रहेको जानकारी दिएपनि उनी सन्यासी नरहेकोे उक्त आश्रमका सचिव गिरीष कुमारले बीबीसीलाई बताएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij