प्रकाशित मिति : बिहिबार, जेष्ठ १८, २०७४
बलिउड नायिका सन्नी लियोनले ट्वीटरमा एक भिडियो सेयर गरेकी छिन् । यो भिडियोमा सन्नीले कसरी उनको समूह र उनी विमान दुर्घटनाबाट बच्न सफल भए भन्ने विषयमा जानकारी दिएकी छिन् ।
उनले उक्त भिडियो ट्वीटरमा सेयर गरेकी छिन् । भिडियोमा दिएको जानकारी अनुसार खराब मौसमका कारण उनको विमान रसियामा दुर्घटना हुने स्थितीमा पुगिसकेको तर उनको समूह सुरक्षित हुन सफल भएको छ ।
सन्नी लियोनले यो भिडियो एक कारमा सुट गरेकी छिन् । कारमा उनका श्रीमान् ड्यानियल बिबर र अन्य सदस्य पनि देखिएका छन् ।
सन्नीले एक अन्य ट्वीट गर्दै विमानका पाइलटलाई पनि धन्यवाद दिएकी छिन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij