प्रकाशित मिति : शुक्रबार, जेष्ठ १९, २०७४

‘पार्कर सोलार प्रुब’ (पीएसपी) नाम गरिएको उक्त ‘मिसन’ आगामी वर्ष सन् २०१८ को गर्मी महिनामा पृथ्वीबाट रकेट प्रक्षेपण गरी सुरु गर्न लागिएको हो ।
नासाद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘पृथ्वीबाट प्रक्षेपण गरिने उक्त रकेटले ६५ लाख किलोमिटरको दुरीमा रहेको सूर्यको कक्षसम्म पुगेर सूर्यको बाहिरी सतह ‘कारोना’को गतिविधि अध्ययन गर्नेछ ।’
यस स्पेसक्राफ्ट रकेटले सूर्यको शिल्प–सितारा, छोटो समयमा परिवर्तन हुने मौसमको घटना र सूर्यको जीवनचक्रबारे महत्वपूर्ण सूचना पठाउने काम गर्नेछ ।
साथै, ‘सूर्य वर्षा’बाट ब्रम्हान्डमा अरु तारा तथा ग्रहहरुलाई आइपर्नसक्ने खतराबारे अध्ययन गर्नसमेत मद्दत पुग्ने जनाइएको छ ।
नासाका वैज्ञानिकहरुले यस मिसनबारे विलियम एकहारड्ट विश्वविद्यालय सिकागोमा आयोजित कार्यक्रममा नासा टीभीबाट प्रत्यक्ष प्रशारण गरेर घोषणा गरेका थिए ।

नासाले यसअघि सन् १९५८ मा उक्त विश्वविद्यालयको भौतिक विज्ञान विभागले सूर्यकोबारेमा गरेको अध्ययनको आधारमा यस मिसनलाई अगाडि बढाएको बताएको छ ।
वासिंगटनका ‘नासा साइन्स मिसन डाइरेक्टोरेट’ डा.थोमस जुरबुचेनले अत्याधिक तापक्रम भएको ‘सोलार सिस्टम’मा पुगेर त्यहाँको वातावरण अध्ययन गरी सूर्यको वास्तविक तापक्रमको प्रक्रिया, ‘कोरोना’ सतह र ‘सौर्यहावा’कोबारेमा सूचना संकलन गरिने बताए ।
यसअघि, सन् १९५८ मै सौर्यहावाबारे अध्ययन गरिसकेका डा.पार्कर र जोन्स हपकिन्स विश्वविद्यालयका भौतिक विज्ञान प्रयोगशालाका मुख्य वैज्ञानिक डा. निकोला फक्सले यस ‘प्रुब मिसन’को मुख्य उद्देश्य सूर्यको भित्री भागभन्दा बाहिरी सतह ‘कोरोना’ किन बढी तातो छ भन्ने प्रश्नको उत्तर खोजिने बताए ।
यस मिसनमा संलग्न डा. पार्कर, डा.फक्सले आफूहरु सफल हुने र अन्त्यमा सूर्यलाई छोएर छोड्ने बताएका छन् ।
यस मिसनलाई पूरा गर्न मानवरहित विशेष ‘ह्वाइट लाइट इमेजर’ प्रविधिमा आधारित ‘वीस्पर’ नाम गरेको क्राफ्टको नासाले निर्माण गरिसकेको उल्लेख गरेको छ ।

यस क्राफ्ट (रकेट) सूर्यको ‘सोलार वेभ्स’को गतिमा हिँड्ने भएकाले सूर्यको तापक्रमले कुनै असर नगर्नेसमेत नासाले जनाएको छ । नासाकाअनुसार वीस्पर नाम गरेको उक्त रकेट प्रतिघन्टा ७ लाख २४ हजार २०४.८ किलोमिटर (४५ हजार माइल्स)को गतिमा हिँड्न सक्छ । यसको प्रक्षेपणको दिनमा पृथ्वी र भू–उपग्रहहरुलाई केही असर गर्ने नासाका वैज्ञानिकहरुले बताएका छन् ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij