आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

संसारका १० यस्ता देश जहाँ पाइन्छ सबैभन्दा धेरै तलब

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ १९, २०७४



  • यदि तपाईंको साथी र तपाईं एउटै काम गरिरहनुभएको छ तर तर साथीको तलब तपाईंभन्दा धेरै छ भने तपाईंलाई कस्तो लाग्छ ?संसारमा यस्ता थुप्रै देश छन् जहाँ कास्ट अफ लिभिङमा निकै अन्तर छ भने तलबमा पनि निकै अन्तर छ । आज हामी यस्तै १० देशबारे जानकारी दिँदैछौं जहाँ सबैभन्दा धेरै तलब दिइन्छ ।

    १. लग्जम्बर्गः

    लग्जम्बर्ग एक निकै सानो देश हो  । यो जनसंख्या र आकारमा पनि अन्य देशको तुलनामा निकै सानो छ । यहाँको अर्थव्यवस्था बैंकिङ र लगानी धेरै निर्भर हुन्छ । यहाँका थुप्रै अनलाइन कम्पनी संसारभरी नै राज गरिरहेका छन् जस्तै अमेजन र स्काइप । केही समय अघिसम्म लग्जम्बर्ग स्टिल बनाउनमा सबैभन्दा अगाडि थियो । यहाँ औसत तलब संसारभरीको सबैभन्दा धेरै ६१ हजार ५ सय ११ डलर छ ।

    २. यूनाइटेड स्टेट्सः

    यूनाइटेड स्टेट्स संसारभरीको सबैभन्दा धनी देश हो र यहाँको इकोनोमी पनि सबैभन्दा धेरै मानिन्छ । यहाँबाट संसारभरी सबैभन्दा धेरै तेलको उत्पादन हुन्छ । साथै, यो संसारको सबैभन्दा ठूलो स्टक एक्सचेन्ज हो । धेरैजसो अमेरिकी हप्तामा ४४ घण्टा काम गर्दछन् । यहाँ औसत तलब ५७ हजार १ सय ३८ डलर छ ।

    ३. स्विटजरल्याण्डः

    जतिबेला हामी स्विटजरल्याण्डबारे कुरा गर्छौं तब हामी त्यहाँको सुन्दरता र रहन–सहनबारे कुरा गर्छौं । तर यो देशमा योभन्दा धेरै कुराहरु छन् जसको लागि यो देश परिचित छ । यहाँ स्वास्थ्य सम्बन्धि विभिन्न कुराहरु र औषधी बनाइन्छ । साथै, यहाँ घडीको निर्माण पनि अत्यधिक मात्रामा गरिन्छ । यहाँ औसत तलब ५७ हजार ८२ डलर छ ।

    ४. आयरल्याण्डः

    आयरल्याण्ड संसारको सबैभन्दा उच्च गुणस्तर जीवन भएको देश मानिन्छ । साथै, यो देश आर्थिक रुपले सबल देश पनि मानिन्छ । यो यूनाइटेड किंगडमको कृषि विभाग मानिन्छ । यसको अर्थव्यवस्था पनि आयरल्याण्डको बलियो प्रोद्योगिकी उद्योगमा निर्भर छ । यहाँ संसारको सबैभन्दा ठूलो भिडियो गेम कम्पनी पनि निकै प्रसिद्ध मानिन्छ । यहाँ ट्याक्स र डिडक्शन सबैभन्दा कम छ । यहाँको औसत तलब ५३ हजार २ सय ८६ डलर छ ।

    ५. नर्वेः

    यहाँको औसत तलब ५१ हजार ७ सय १८ डलर छ । डेनमार्क र नेदरल्याण्ड जस्तै नर्वेले पनि समाजवादी आर्थिक नीति उपयोग गरेकोमा सफलता हाँसिल गरिसकेको छ । प्राकृतिक स्रोतका लागि नर्वे एक धनी देश मानिन्छ । यहाँ निकै राम्रो प्रकारको स्वास्थ्य सुविधा र उच्च स्तरको शिक्षा प्रदान गरिन्छ ।

    ६. अष्ट्रेलियाः

    अष्ट्रेलियामा संघीय न्यूनतम मजदूरी करिब १७ अमेरिकी डलर प्रतिघण्टा छ जुन संसारको कुनै पनि देशमा सबैभन्दा धेरै हो । जब जीडीपीको कुरा आउँछ तब अष्ट्रेलियाको अर्थव्यवस्था संसारको १२ औं अर्थव्यवस्थाको रुपमा चिनिन्छ । यहाँको औसत आय दर ५१ हजार १ सय ४८ छ ।

    ७. नेदरल्याण्डः

    प्रतिव्यक्ति जीडिपीको कुरा गर्नुपर्दा नेदरल्याण्ड संसारको सबैभन्दा धनी देशमध्येको एक हो । यो देश डेनमार्क जस्तै हो किनभने यहाँ उच्च कर भुक्तानी गरिन्छ । यसको अर्थव्यवस्था अन्तर्राष्ट्रिय व्यापारमा आधारित छ जुन जर्मनी र बेलायतजस्ता देशलाई यसको निकटताले मद्दत गर्दछ । यहाँ औसत आय ५१ हजार ३ डलर हो ।

    ८. डेनमार्कः

    डेनमार्कको अर्थव्यवस्था बलियो र विविध छ जसले देशको उच्च स्तरको जीवनशैलीका लागि योगदान गर्दछ । डेनमार्क काम गर्न सबैभन्दा राम्रो स्थान मानिन्छ । यहाँको औसत आय दर ४९ हजार ५ सय ८९ डलर हो ।

    ९. क्यानडाः

    क्यानडा आकार र जनसंख्या दुबै क्षेत्रमा एक ठूलो देश हो । यस हिसाबले यहाँको अर्थव्यवस्था पनि संसारको एक ठूलो अर्थव्यवस्थाको नामले परिचित छ । यो देश तेलका साथै थुप्रै प्राकृतिक स्रोतको धनी मानिन्छ । यो संसारको ९ औं देश हो जहाँ सबैभन्दा धेरै तलब तोकिएको छ । यहाँको औसत आय ४८ हजार १ सय ६४ रहेको छ ।

    १०. बेल्जियमः

    सबैभन्दा धेरै तलब दिने देशको सूचीमा बेल्जियम पर्दछ । यहाँको औसत आय दर ४८ हजार ९३ डलर रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij