आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतमा बस र ट्रक ठोक्कियोः २२ यात्रुको जलेर मृत्यु, १५ घाइते

  • प्रकाशित मिति : सोमवार, जेष्ठ २२, २०७४



  • उत्तरप्रदेशको बरेलीमा ट्रक र बस एकआपसमा ठोक्किएका छन् । ठक्करपश्चात् बस र ट्रक दुबैमा आगो लागेको छ । बसमा सवार २२ यात्रुको जलेर मृत्यु भएको छ । दुर्घटनामा १५ भन्दा बढि घाइते भएका छन् । उनीहरुलाई अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनापछि ट्रकका ड्राइभर फरार छन् ।

    घटना बरेलीको बिथरीचैनपुर एरियाको हो । जानकारीका अनुसार सोमबार बिहान २ बजे एनएच–२४ माथि गोन्डा डिपोको बस दिल्लीबाट आइरहेको थियो ।

    स्रोतका अनुसार बस गलत साइडमा थियो जसका कारण लखनउबाट आइरहेको ट्रकसँग ठोक्कियो । ठोक्किएलगत्तै बसको डिजेल ट्याङ्की फुट्यो जसका कारण त्यसमा आगो लाग्यो । आगो ट्रकमा पनि सल्कियो ।

    दुर्घटना भएको करिब चारघण्टा पछि मृतकलाई बाहिर निकालिएको छ । आगोमा शरिर यति धेरै डढेको छ कि अहिलेसम्म कसैको पनि सनाखत हुन सकेको छैन ।

    बसको पछाडिको ढोका खोलिएको भए धेरैको ज्यान बच्थ्योः

    जानकारीका अनुसार दुर्घटनापछि बस पछाडिको ढोका खोलिएको थिएन । यदि खोलिएको भए सायद धेरैको ज्यान बच्न सक्थ्यो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij